
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठका संकलित रचनाहरू समेटिएका पाँच पुस्तक सार्वजनिक भएका छन्। पुष्पलाल अध्ययन समाजले संकलन गरेको यी कृतिमा ‘नेपालमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास’ र ‘पुष्पलाल/छानिएका रचना–१, २, ३ र ४’ समावेश छन्, जसमा नेकपाको स्थापना, संगठन निर्माणका चुनौती र आन्दोलनको ऐतिहासिक पृष्ठभूमि प्रस्तुत गरिएको छ ।
।
यी पुस्तकहरूमा विभिन्न कालखण्डका राजनीतिक लेख, दस्तावेज, प्रतिवेदन, भाषण र वैचारिक सामग्री समेटिएको छ। लिपि प्रकाशनद्वारा प्रकाशित पाँचै पुस्तकको मूल्य ३ हजार ३ सय २० रुपैयाँ तोकिएको छ ।