Monday, October 19News That Matters

Breaking News

ओलीको ‘डेट एक्सपायर्ड’ चुनावी एजेन्डा

ओलीको ‘डेट एक्सपायर्ड’ चुनावी एजेन्डा

Breaking News, Featured, राजनीति, समाचार
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ २२ गते ‘दैलेखमा ग्यास उत्खनन् गर्‍यौं, अब घर–घरमा पुर्‍याउँछौं’ भनेर फेसबुक स्टाटस लेखे । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका ओलीले म्याद सकिएको ग्यास राजनीतिलाई फेरि ब्युँताएकोमा सामाजिक सञ्जालमा ट्रोल बनाइएको छ । २५ हजार ५०० ले कमेन्ट गरेका अधिकांशले उनको उछितो काटेका छन् । ओलीले विकासका लागि सपना देख्नु, त्यसलाई साकार पार्नु र सोही अनुसार कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा नेपालमा छिमेकी देश भारतले अघोषित नाकाबन्दीले आम नागरिकको दैनिक जीवनशैली अस्तव्यत भएको थियो । निकै कष्टकर हुँदा समेत नाकाबन्दीसामु नझुकेका आम नागरिकको पक्षमा उभिएका कारण ओली राष्ट्रवादी नेताको रुपमा निकै लोकप्रिय भएका थिए । २०४८ सालदेखि ...
सोसियल मिडिया सम्बन्धी विधेयक फिर्ता लिन स्वीकृति दिने सरकारको निर्णय

सोसियल मिडिया सम्बन्धी विधेयक फिर्ता लिन स्वीकृति दिने सरकारको निर्णय

Breaking News, राजनीति, समाचार
सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ सङ्घीय संसद्बाट फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयाे ।...
ओलीले भने– भदौ २३ गते मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन

ओलीले भने– भदौ २३ गते मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन

Breaking News, Featured, राजनीति, समाचार
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गएको भदौ २३ गते आफूले गोली चलाउने कुनै पनि आदेश नदिएको स्पष्ट पारेका छन् । बुधबार सामाजिक सञ्जालमा लेख्दै ओलीले आफू र नेकपा एमालेविरुद्ध फैलाइएको भ्रममा नपर्न आग्रह गरे । "केही दिनयता एउटा पक्षले भदौ २३ गतेको घटनाबारे गलत प्रचार फैलाइरहेको छस मानौं प्रधानमन्त्रीले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको हो भन्नेजस्तो । यो कुरा पूर्ण रूपमा निराधार छ । हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन, र त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन र आदेश  दिन सोच्न पनि सक्दिनँ," ओलीले लेखेका छन् ।  संसद् भवनअघि आगो लगाउने प्रयास र विष्फोटक वस्तु प्रयोग भएपछि स्थितिलाई कानुनले आन्दोलन नभई राज्यविरुद्धको हमला मान्ने ओलीले स्पष्ट पारेका छन् ।  "संसद् भवन...
युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षलाई बालेनले रास्वपामा भित्र्याए

युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षलाई बालेनले रास्वपामा भित्र्याए

Breaking News
नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष र उपाध्यक्ष रास्वपामा प्रवेश गरेका छन् । रास्वपाका वरिष्ठ नेता बालेन शाहले युवा संघका अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङलाई पार्टीमा स्वागत गरेका हुन् । एमाले अध्यक्ष केपी ओलीसँग झापा ५ मा चुनावी मैदानमा उत्रिएका शाहले मतदातासँग भेटवार्ता अघि बढाएका छन् । अध्यक्ष खतिवडाले परिवर्तनलाई आत्मसात् गर्दै अब बाँकी राजनीतिक जीवन स्वतन्त्र रूपमा बिताउने बताए। उनले झापा(५ मा वैकल्पिक र परिवर्तनकारी राजनीतिक धारलाई समर्थन गर्न बालेन शाहको अभियानमा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।...
सञ्चारमन्त्री जगदीश खरेलले  राजीनामा दिनु भयो

सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिनु भयो

Breaking News, Featured, Uncategorized, राजनीति
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा बुझाउनु भएको छ । बालुवाटार पुगेर उहाँले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र बुझाउनु भएको थियो । खरेल रास्वपाबाट ललितपुरको क्षेत्र नम्बर २ मा चुनाव लड्दै हुनुहदैछ ।
साफ महिला फुटसल च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित

साफ महिला फुटसल च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित

Breaking News, खेलकुद
थाइल्याण्डमा जारी साफ महिला फुटसल च्याम्पियनसिप अन्तर्गत आज सोमबार भएको खेलमा नेपाल बंगलादेश सँग ३ शून्य गोलअन्तरले पराजित भएको छ । यस अघिका तीन खेलमा नेपालले श्रीलंकासँग बराबरी खेलेको थियो भने बिहीबार माल्दिसलाई हराएको थियो । शनिबार भारतसंगको खेलमा ८ एक गोलले पराजित भएको थियो । अब नेपाली महिला टोलीले बुधबार पकिस्तानको सामाना गर्ने छ ।...
एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश

एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश

Breaking News, खेलकुद, समाचार
अखिल नेपाल फुटबल संघ (एन्फा) को माघ २८ गते झापामा हुने तय भएको निर्वाचन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको एकल इजलासले निर्वाचनका सम्पूर्ण काम कारवाही अन्तिम टुङ्गो नलागुन्जेलसम्मको लागि यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘निवेदकहरुले अन्तरिम आदेशसमेत माग गरेको सम्बन्धमा हेर्दा, निज निवेदकहरु अखिल फुटवल संघको विधानबमोजिम २०७९ असार ६ गते  निर्वाचन सम्पन्न गरी निर्वाचित कार्य समितिको सदस्य रहेको देखिन्छ । उक्त निर्वाचित कार्य समितिको ४ वर्षको कार्यकाल बाँकी नै रहेको अवस्थामा विपक्षी एन्फा कार्य समितिको बैठकको मिति २०८२ पुस १६ गते निर्वाचन सम्बन्धी निर्णय एवं उक्त निर्वाचन गराउने सम्बन्धी सम्पूर्ण काम कारवाही प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागुन्जेलसम्मको लागि यथास्थितिमा राख्नु भनी व...
धरनका मेयर हर्क साम्पाङको राजीनामा

धरनका मेयर हर्क साम्पाङको राजीनामा

Breaking News, राजनीति
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट उम्मेदवार बन्ने तयारीमा रहेका साम्पाङले आइतबार राजीनामा दिएका हुन् । उनले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिनका लागि संविधानको धारा २१६ को उपधारा ८ (क) बमोजिम नगरप्रमुखका पदबाट राजीनामा दिएको बताएका छन्। यसअघि आज नै बालेन साहले काठमाडौँ महानगरको प्रमुखबाट राजीनामा दिएका थिए ।...
निर्वाचनमा रविलाई लखेट्ने महेश बस्नेतको चेतावनी

निर्वाचनमा रविलाई लखेट्ने महेश बस्नेतको चेतावनी

Breaking News, राजनीति
नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बहिष्कार गर्ने बताएका छन् । काठमाडौँमा आयोजित पार्टीको निर्वाचन केन्द्रित विशेष जनसभामा बोल्दै बस्नेतले यस्तो बताएका हुन् । उनले लामिछानेलाई सहकारी ठगको आरोप लगाउँदै निर्वाचनमा बहिष्कार गर्ने, लखेट्ने योजनासहित एमाले अघि बढ्नेसमेत बताएका छन् । ‘…सहकारी ठग रवि लामिछाने बहिष्कार । उनलाई लखेट्ने हो । यसपालिको आन्दोलनको एजेण्डा यही हो ।’, बस्नेतले भने, ‘१० वटा मुद्दा बोकेर हिँडेको छ । ४, ५ वटा श्रीमती लिएर हिँडेको छ ।’ त्यस्तै, उनले लामिछाने विभिन्न मुद्दामा जेलिएको भन्दै उनीलाई नेपाली जनताले निर्वाचनमा साथ नदिने समेत दाबी गरेका छन् ।...
साफ महिला फुटसल च्याम्पियनसिपमा : नेपालले भारतसंग ८ एक गालले नतिजा सुम्पियो

साफ महिला फुटसल च्याम्पियनसिपमा : नेपालले भारतसंग ८ एक गालले नतिजा सुम्पियो

Breaking News, खेलकुद
साफ फुटसल च्याम्पियनसिपअन्तर्गत महिलतर्फको प्रतिस्पर्धामा नेपालले भारतसँग पराजय भोगेको छ। शनिबार थाइल्यान्ड भएको खेलमा नेपालमाथि भारतले ८-१ गोलको जित निकालेको हो ।  यसअघिका दुई खेलमा नेपालले श्रीलंकासँग बराबरी खेलेको थियो भने बिहीबार माल्दिसलाई हराएको थियो। महिलातर्फ नेपालले सोमबार बंगलादेशसँग खेल्नेछ । पुरुषतर्फ नेपालले पहिलो खेलमा श्रीलंकालाई २-१ गोलले हराएको थियो। नेपालले आइतबार भारतसँग खेल्दैछ ।...