
थाइल्याण्डमा जारी साफ महिला फुटसल च्याम्पियनसिप अन्तर्गत आज सोमबार भएको खेलमा नेपाल बंगलादेश सँग ३ शून्य गोलअन्तरले पराजित भएको छ ।
यस अघिका तीन खेलमा नेपालले श्रीलंकासँग बराबरी खेलेको थियो भने बिहीबार माल्दिसलाई हराएको थियो । शनिबार भारतसंगको खेलमा ८ एक गोलले पराजित भएको थियो । अब नेपाली महिला टोलीले बुधबार पकिस्तानको सामाना गर्ने छ ।