एरिका गुरुङले इतिहास रच्दै कराते वान प्रिमियर लिगमा रजत पदक जितिन् ।
टर्किएको इस्तानबुलमा भएको WKF Karate 1 Premier League 2026 अन्तर्गत महिला ६८ किलो तौल माथि आइतबार सम्पन्न फाइनल खेलमा एरिका कजाखस्तानकी सोफिया बेरुत्सेभासँग ४–२ ले पराजित भए पनि उहाँले इतिहास रच्दै कराते वान प्रिमियर लिगमा रजत पदक जितेकी छन् ।
त्यस अघि फाइनलसम्म पुग्दा एरिकाले उत्कृष्ट प्रदर्शन गर्नु भएको थियो । फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्दा गर्दै दोस्रो स्थानमा उहाँले चित्ता बुजाउनु पर्यो । एरिकाले गएको वर्ष मोरक्कोको रावातमा भएको कराते वान प्रिमियर लिगमा पहिलो सहभागितामै कांस्य पदक जित्दै इतिहास रच्नु भएको थियो ।
यस पटक एरिकाले अझ उत्कृष्ट खेल्नु हुदै फाइनलसम्मको यात्रा गर्नु भएर इतिहास रच्नु भएको छ ।...



