Monday, October 19News That Matters

Author: Rabikiran rai

AFC Women’s Asian Cup 2026 को उपाधी जापानलाई

AFC Women’s Asian Cup 2026 को उपाधी जापानलाई

Featured, खेलकुद
AFC Women’s Asian Cup 2026 अन्तर्गत जापन र अष्ट्रेलिय बीच आज (March 21) भएको फाइनल खेलमा जापानले अष्ट्रेलियन टिमलाई १ शुन्यले हराउदै तेस्रो पटक AFC Women’s Asian Cup को उपाधी जित्न सफल भएको छ । यस अघि जापानले २०१४ र २०१८ का फाइनलमा पनि अष्ट्रेलियालाई हराउँदै जित हासिल गरेको हो । जापानकी हमानो माइकोले खेलमा उत्कृष्ट प्रदर्शन गर्दै निर्णायक गोल गर्नु भएको थियो । खेल सुरु भएको १७ औं मिनेटमा जापानकी २१ वर्षीया हमानोले गोल गर्दै दुई पटकका च्याम्पियनलाई १–० को पछाडी पार्न सफल हुनु भएको थियो । बराबरी गोलको खोजीमा रहेको आयोजक टोली अष्ट्रेलिया दोस्रो हाफमा आक्रामक देखिए पनि उनीहरूले गोल गर्न सकेनन्। समय सकिँदै जाँदा अष्ट्रेलियाले जापानी रक्षा पंक्ति माथि लगातार दबाब बनाए पनि जापानी गोलकिप्पर आयाका यामाशिताले उनीहरुको शसक्त प्रहारहरुलाई बिफल बनाइदिनु भएको थियो । यस प्रतियोगिताभर जा...
नाक्छोङको बिशेष प्रदर्शनी फागुन ९ गते बिर्तामोडमा हुदै

नाक्छोङको बिशेष प्रदर्शनी फागुन ९ गते बिर्तामोडमा हुदै

Featured, मनोरञ्जन, समाचार
किरात राईहरुको सस्कारमा आधारित चलचित्र नाक्छोङको बिशेष प्रदर्शनी यहि फागुन ९ गते बिर्तामोडको पाथीभरा सिने प्लाजामा हुने भएको छ । राई समुदायमा भइरहेको सांस्कृतिक परिवर्तन र बसाइसराईसंगै परेको सास्कृतिक प्रभावहरुलाई चलचित्र मार्फत देखाउन खोजिएको कुरा यस चलचित्रका निर्माता ज्योतिराज राईले बताउनु भयो । नाक्छोङहरुको अभावमा कस्ता किसिमका समस्यहरुको सामाना गर्नु पर्छ त भन्ने बिषयलाई यस चलचित्रले समेटेको पनि उहाँले बताउनु भयो । नाक्छोङ चलचित्रले पाहाडमा बसोबास गरेका बहुसंख्याक राई समुदायको कथा भन्दा पनि बसाई सरेर मधेश झरेका राई समुदायको कथालाई पर्दामा देखाउन खोजिएको कुरा यस चलचित्रका निर्देशक किरान राइले प्रष्ट पार्नु भयो । यो चलचित्रले बिशेष गरि किरात राई समुदायको सास्कृतिक कुरालाई उठान गरे ता पनि सम्पुर्ण समुदायमा भइरहेको सास्कृतिक बिचलनहरुलाई प्रतिनिधित्व गर्ने निर्देशक राईको भनाई छ । उह...
रास्वपाको नयाँ अभ्यास- मतदातासँग ‘करार’ गर्दै

रास्वपाको नयाँ अभ्यास- मतदातासँग ‘करार’ गर्दै

Featured, राजनीति, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो चुनावी अभियानका क्रममा ‘मतदातासँग करार गर्ने’ नयाँ अभ्यासको थालनी गरेको छ । रास्वपाले गर्ने करार पत्र आज पार्टी सभापति रवि लामिछानेले सामाजिक सञ्जालबाट सार्वजनिक गरे । करार पत्रको प्रतिलिपि फेसबुकमा हाल्दै लामिछानेले लेखेका छन्, ‘चुनावमा बाचा त धेरैले धेरै पटक गरे । तर, पूरा नगरेको परिणाम उनीहरूले होइन, जनताले नै भोग्नुपर्‍यो निरन्तर । हामी पूरा नहुने वाचा होइन, जनतासँग प्रतिज्ञाको करार गर्दैछौं ।’ करार पत्रमा ऋणीको दस्तखत भनेर दुईवटा औँठाछापहरू राखिएका छन् । खासमा यो कसैको औलाको छाप भने होइन । करार पत्रमा लेखिएका अक्षरहरूलाई नै मसिना बनाएर औँठाछापको स्वरूपमा राखिएको हो । रास्वपा नेतृ प्रतिभा रावलका अनुसार देशभरका उम्मेदवारहरूलाई यो करार पत्र वितरण गरिने छ । उनीहरूले चाहेमा यो करार पत्रमा आफ्नो औँठाछाप पनि लगाउन सक्ने छन् । अह...
‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि कोच राजुको नितालाई

‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि कोच राजुको नितालाई

Featured, मनोरञ्जन, समाचार
गायन रियालिटी शो 'द भ्वाइस अफ नेपाल' सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले जितेकी छन्। शनिबार आयोजित ग्राण्ड फिनालेमा दैलेखकी नीताले उपाधि जितेकी हुन्। उनी कोच राजु लामाको टिमबाट प्रतिस्पर्धा गरेकी थिइन्। फिनालेमा उनीसँगै कोच खेम सेन्चुरीको टिमबाट सागर संसार राई, कोच प्रमोद खरेलको टिमबाट पुनम गुरूङ र कोच मेलिना राईको टिमबाट सञ्जिता दुरा प्रतिस्पर्धामा थिए।  सागर फस्र्ट रनरअप, पुनम सेकेण्ड रनरअप र सञ्जिता दुरा थर्ड रनरअप भएका हुन्।...
आचल र केकीको अभिनय रहेको फिल्मले ६३ दिनमा सुटिङ् सक्यो

आचल र केकीको अभिनय रहेको फिल्मले ६३ दिनमा सुटिङ् सक्यो

मनोरञ्जन, साहित्य
ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’मा सर्वप्रथम संगै देखिनु भएका केकी अधिकारी र आचाल शर्मा पुन एक पटक संगै सिनेमाको पर्दामा देखिनु हुदैछ । उहाँहरु ‘झिँगेदाउ २’ मा फेरि एकपटक दोहोरिनु भएको छ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ २’को सुटिङ् ६३ दिनमा सकिएको छ । पहिलो भागको सफलतालाई कायमै राख्न र दोस्रो भागलाई अझै उत्कृष्ट बनाउन कुनै सम्झौता नगरी खिचेकाले एउटा राम्रो फिल्म दर्शकले हेर्न पाउने विश्वास निर्देशक देउजाको छ । यस फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरुषको अभिनय छ ।...
सिपोरा गुरुङ मिस नेपालमा सहभागी जनाउने र चलचित्रको हिरोइन हुने पहिलो खेलाडी

सिपोरा गुरुङ मिस नेपालमा सहभागी जनाउने र चलचित्रको हिरोइन हुने पहिलो खेलाडी

खेलकुद, समाचार
तेह्र वर्षकै सानो उमेरमा भलिबल खेलाडीका रूपमा आफूलाई स्थापित गरेपछि सिपोरा गुरुङका लागि पछाडि फर्कने कुनै बाटो रहेन। सैनिक परिवारमा जन्मिएकी गुरुङ आफ्नो बाल्यकाल निकै सक्रिय रहेको बताउँछिन् र सानैदेखि शारीरिक रूपमा तन्दुरुस्त रहेको कुरा आत्मविश्वासका साथ व्यक्त गर्छिन्। एक खेलाडीका रूपमा सिपोराले आफ्ना टिमसँग मिलेर धेरै पदकहरू जितिन् र सानै उमेरदेखि नेपाली भलिबल समर्थकहरूमाझ पहिचान बनाइन्। उनले १३ वर्षको उमेरमै श्रीलंकामा सम्पन्न १०औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सबैभन्दा कान्छी खेलाडीका रूपमा सहभागिता जनाइन्। तर अठार वर्षको उमेरमा भलिबल खेलकै क्रममा घुँडामा गम्भीर चोट लागेपछि सिपोराको जीवन र दीर्घकालीन करिअरको दिशा परिवर्तन हुन थाल्यो। भलिबलबाट टाढा रहनुपरेको त्यो समयलाई सदुपयोग गर्दै सिपोराले सन् २०१३ मा नेपालको सबैभन्दा ठूलो सौन्दर्य प्रति...
“चुनाव भिडले हैन मतले जितिन्छ” : रमेश कुमार राजवंशी

“चुनाव भिडले हैन मतले जितिन्छ” : रमेश कुमार राजवंशी

Featured, राजनीति, समाचार
झापा | जनमत पार्टीको तर्फबाट झापा क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्यको रुपमा प्रत्यक्ष उम्मेद्वारी दिनु भएका विर्तामोड ४ निवासी रमेश कुमार राजवंशी यतिबेला चुनावी अभियानमा व्यस्त हुनुहुन्छ । मतदाताहरुको घरदैलोमा पुग्दै आफ्नो र पार्टीको एजेण्डा अनि प्रतिबद्धताहरु सुनाउदै र मतदाताहरुको समस्य सुन्दै चुनावी प्रचारप्रसार गरिरहनु भएका उहाँ एक कुशल उद्यमी र समाजसेवी पनि हुनुहुन्छ । यहि दुई नम्बर क्षेत्रबाट चुनावी मैदानमा उठ्नु भएका अन्य पार्टीका चुनावी प्रचारप्रचार शैली भन्दा तपाईको फरक र शान्ता छ नि प्रचार शैली ? उहाँहरुको अभियानमा त मानिसहरुका भिड अघिपछि लागेर साथ दिइरहेको हुन्छ नी ! भन्ने प्रश्नमा उहाँ भन्नु हुन्छ :- “चुनाव भिडले हैन मतले जितिन्छ त्यसैले म मतदाताहरुसंग भेटिरहेको छु र उहाँहरुको समस्यहरुलाई सुन्दैछु पनि ।” बिगतमा जितेर गएका दलहरुले, पहुच र शक्तिभन्दा पर रहेका ...
देशलाई एकताबद्ध र समृद्धिका निम्ति कांग्रेस : उपसभापति शर्मा

देशलाई एकताबद्ध र समृद्धिका निम्ति कांग्रेस : उपसभापति शर्मा

Featured, राजनीति, समाचार
दाङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशलाई एकताबद्ध र समृद्ध बनाउनका निम्ति आफ्नो पार्टीको आवश्यकता रहेको बताएका छन् । नेपाली कांग्रेस दाङले बुधबार घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले देशलाई जटिल अवस्थाबाट बचाउनका निम्ति कांग्रेसको आवश्यकता रहेको बताएका हुन् । इतिहासको हरेक मोडमा देशभित्रका भिन्न–भिन्न शक्ति, दल र समुदायको समन्वय गरेर निकास दिने सामथ्र्य प्रस्तुत गरेको कांग्रेसले अब भिन्न पुस्ताको पनि समन्वय गरेर देशलाई अहिलेको अवस्थाबाट नयाँ विश्वासको चरणमा पुर्‍याउने क्षमता राख्ने बताएका थिए ।...
झापा गोल्डकपमा एपिएफ बिजयी, रोयल थिम्पु कलेज ४–१ ले पराजित ।

झापा गोल्डकपमा एपिएफ बिजयी, रोयल थिम्पु कलेज ४–१ ले पराजित ।

खेलकुद
बिर्तामोड । झापा गोल्डकपमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले कप्तान हरि कार्कीको शानदार ह्याट्रिक मद्दतमा भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । बिहीबार हुने अन्तिम क्वार्टरफाइनल खेलमा मछिन्द्र एफसी र एन पेनाङ (मलेसिया)बीच प्रतिस्पर्धा हुनेछ।...
बुढासुब्बा गोल्डकप फुटबल : झापा ११ सेमिफाइनलमा प्रवेश

बुढासुब्बा गोल्डकप फुटबल : झापा ११ सेमिफाइनलमा प्रवेश

खेलकुद
धरान । अन्तर्राष्ट्रिय आमन्त्रण २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको छैटौँ दिनको खेलमा झापा ११ झापाले सातदोबाटो युथ क्लब काठमाडौंलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । धरान रंगशालामा मंगलबार भएको खेलमा झापा ११ ले उत्कृष्ट प्रदर्शन गर्दै सातदोबाटोलाई स्तब्ध बनाउँदै जित हात पारेको हो ।...