
धरान । अन्तर्राष्ट्रिय आमन्त्रण २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको छैटौँ दिनको खेलमा झापा ११ झापाले सातदोबाटो युथ क्लब काठमाडौंलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
धरान रंगशालामा मंगलबार भएको खेलमा झापा ११ ले उत्कृष्ट प्रदर्शन गर्दै सातदोबाटोलाई स्तब्ध बनाउँदै जित हात पारेको हो ।