Monday, October 19News That Matters

राजनीति

रास्वपाको नयाँ अभ्यास- मतदातासँग ‘करार’ गर्दै

रास्वपाको नयाँ अभ्यास- मतदातासँग ‘करार’ गर्दै

Featured, राजनीति, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो चुनावी अभियानका क्रममा ‘मतदातासँग करार गर्ने’ नयाँ अभ्यासको थालनी गरेको छ । रास्वपाले गर्ने करार पत्र आज पार्टी सभापति रवि लामिछानेले सामाजिक सञ्जालबाट सार्वजनिक गरे । करार पत्रको प्रतिलिपि फेसबुकमा हाल्दै लामिछानेले लेखेका छन्, ‘चुनावमा बाचा त धेरैले धेरै पटक गरे । तर, पूरा नगरेको परिणाम उनीहरूले होइन, जनताले नै भोग्नुपर्‍यो निरन्तर । हामी पूरा नहुने वाचा होइन, जनतासँग प्रतिज्ञाको करार गर्दैछौं ।’ करार पत्रमा ऋणीको दस्तखत भनेर दुईवटा औँठाछापहरू राखिएका छन् । खासमा यो कसैको औलाको छाप भने होइन । करार पत्रमा लेखिएका अक्षरहरूलाई नै मसिना बनाएर औँठाछापको स्वरूपमा राखिएको हो । रास्वपा नेतृ प्रतिभा रावलका अनुसार देशभरका उम्मेदवारहरूलाई यो करार पत्र वितरण गरिने छ । उनीहरूले चाहेमा यो करार पत्रमा आफ्नो औँठाछाप पनि लगाउन सक्ने छन् । अह...
“चुनाव भिडले हैन मतले जितिन्छ” : रमेश कुमार राजवंशी

“चुनाव भिडले हैन मतले जितिन्छ” : रमेश कुमार राजवंशी

Featured, राजनीति, समाचार
झापा | जनमत पार्टीको तर्फबाट झापा क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्यको रुपमा प्रत्यक्ष उम्मेद्वारी दिनु भएका विर्तामोड ४ निवासी रमेश कुमार राजवंशी यतिबेला चुनावी अभियानमा व्यस्त हुनुहुन्छ । मतदाताहरुको घरदैलोमा पुग्दै आफ्नो र पार्टीको एजेण्डा अनि प्रतिबद्धताहरु सुनाउदै र मतदाताहरुको समस्य सुन्दै चुनावी प्रचारप्रसार गरिरहनु भएका उहाँ एक कुशल उद्यमी र समाजसेवी पनि हुनुहुन्छ । यहि दुई नम्बर क्षेत्रबाट चुनावी मैदानमा उठ्नु भएका अन्य पार्टीका चुनावी प्रचारप्रचार शैली भन्दा तपाईको फरक र शान्ता छ नि प्रचार शैली ? उहाँहरुको अभियानमा त मानिसहरुका भिड अघिपछि लागेर साथ दिइरहेको हुन्छ नी ! भन्ने प्रश्नमा उहाँ भन्नु हुन्छ :- “चुनाव भिडले हैन मतले जितिन्छ त्यसैले म मतदाताहरुसंग भेटिरहेको छु र उहाँहरुको समस्यहरुलाई सुन्दैछु पनि ।” बिगतमा जितेर गएका दलहरुले, पहुच र शक्तिभन्दा पर रहेका ...
देशलाई एकताबद्ध र समृद्धिका निम्ति कांग्रेस : उपसभापति शर्मा

देशलाई एकताबद्ध र समृद्धिका निम्ति कांग्रेस : उपसभापति शर्मा

Featured, राजनीति, समाचार
दाङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशलाई एकताबद्ध र समृद्ध बनाउनका निम्ति आफ्नो पार्टीको आवश्यकता रहेको बताएका छन् । नेपाली कांग्रेस दाङले बुधबार घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले देशलाई जटिल अवस्थाबाट बचाउनका निम्ति कांग्रेसको आवश्यकता रहेको बताएका हुन् । इतिहासको हरेक मोडमा देशभित्रका भिन्न–भिन्न शक्ति, दल र समुदायको समन्वय गरेर निकास दिने सामथ्र्य प्रस्तुत गरेको कांग्रेसले अब भिन्न पुस्ताको पनि समन्वय गरेर देशलाई अहिलेको अवस्थाबाट नयाँ विश्वासको चरणमा पुर्‍याउने क्षमता राख्ने बताएका थिए ।...
ओलीको ‘डेट एक्सपायर्ड’ चुनावी एजेन्डा

ओलीको ‘डेट एक्सपायर्ड’ चुनावी एजेन्डा

Breaking News, Featured, राजनीति, समाचार
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ २२ गते ‘दैलेखमा ग्यास उत्खनन् गर्‍यौं, अब घर–घरमा पुर्‍याउँछौं’ भनेर फेसबुक स्टाटस लेखे । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका ओलीले म्याद सकिएको ग्यास राजनीतिलाई फेरि ब्युँताएकोमा सामाजिक सञ्जालमा ट्रोल बनाइएको छ । २५ हजार ५०० ले कमेन्ट गरेका अधिकांशले उनको उछितो काटेका छन् । ओलीले विकासका लागि सपना देख्नु, त्यसलाई साकार पार्नु र सोही अनुसार कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा नेपालमा छिमेकी देश भारतले अघोषित नाकाबन्दीले आम नागरिकको दैनिक जीवनशैली अस्तव्यत भएको थियो । निकै कष्टकर हुँदा समेत नाकाबन्दीसामु नझुकेका आम नागरिकको पक्षमा उभिएका कारण ओली राष्ट्रवादी नेताको रुपमा निकै लोकप्रिय भएका थिए । २०४८ सालदेखि ...
विश्वप्रकाशको कटाक्ष- परिवर्तनको नाममा एमालेले श्रद्धेय ‘बा’ लाई तेस्रोपटक अध्यक्ष बनायो

विश्वप्रकाशको कटाक्ष- परिवर्तनको नाममा एमालेले श्रद्धेय ‘बा’ लाई तेस्रोपटक अध्यक्ष बनायो

Featured, राजनीति, समाचार
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले एमालेले परिवर्तनको नाममा केपी ओलीलाई तेस्रो पटक अध्यक्ष बनाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका उपसभापति शर्माले माओवादी त नाम नै परिवर्तन गरेर नयाँ भनिरहेको भन्दै व्यङ्ग्य गरे। उनले भने, ‘नेकपा एमालेले विधानमा परिवर्तन गर्‍यो। दुई पटक मात्रै सभापति हुन पाउने व्यवस्था गरेको रहेछ, अध्यक्ष दुई पटक मात्रै हुन पाउने व्यवस्था। उहाँहरूले परिवर्तन गर्नुभयो, किनभने श्रद्धेय बा लाई पुनः अध्यक्ष बनायो। माओवादी पार्टीले नाम परिवर्तन गर्‍यो।’...
इलाम १ मा पहिलो पटक झलनाथ पछि हटे

इलाम १ मा पहिलो पटक झलनाथ पछि हटे

Featured, राजनीति, समाचार
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल उम्मेदवार छैनन् । नेकपा नेता खनाल यसपटक चुनावी प्रतिस्पर्धामा नहुँदा इलाम-१ मा पहिलोपटक उनीबेगरको प्रतिस्पर्धा हुँदैछ । २०४८ यता लगातार यो क्षेत्रमा चुनाव लड्दै आएका खनाल २०७९ को चुनावमा पराजित बनेका थिए ।
सोसियल मिडिया सम्बन्धी विधेयक फिर्ता लिन स्वीकृति दिने सरकारको निर्णय

सोसियल मिडिया सम्बन्धी विधेयक फिर्ता लिन स्वीकृति दिने सरकारको निर्णय

Breaking News, राजनीति, समाचार
सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ सङ्घीय संसद्बाट फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयाे ।...
ओलीले भने– भदौ २३ गते मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन

ओलीले भने– भदौ २३ गते मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन

Breaking News, Featured, राजनीति, समाचार
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गएको भदौ २३ गते आफूले गोली चलाउने कुनै पनि आदेश नदिएको स्पष्ट पारेका छन् । बुधबार सामाजिक सञ्जालमा लेख्दै ओलीले आफू र नेकपा एमालेविरुद्ध फैलाइएको भ्रममा नपर्न आग्रह गरे । "केही दिनयता एउटा पक्षले भदौ २३ गतेको घटनाबारे गलत प्रचार फैलाइरहेको छस मानौं प्रधानमन्त्रीले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको हो भन्नेजस्तो । यो कुरा पूर्ण रूपमा निराधार छ । हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन, र त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन र आदेश  दिन सोच्न पनि सक्दिनँ," ओलीले लेखेका छन् ।  संसद् भवनअघि आगो लगाउने प्रयास र विष्फोटक वस्तु प्रयोग भएपछि स्थितिलाई कानुनले आन्दोलन नभई राज्यविरुद्धको हमला मान्ने ओलीले स्पष्ट पारेका छन् ।  "संसद् भवन...
आसन्न निर्वाचनमा एक थाेपा रगत बग्नु भएन : प्रधानमन्त्री

आसन्न निर्वाचनमा एक थाेपा रगत बग्नु भएन : प्रधानमन्त्री

Featured, राजनीति
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको बताएकी छन् । शुक्रवार सशस्त्र प्रहरी बलको २५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले सुरक्षा चुनौतिहरु समयानुसार परिवर्तन भइरहेको बताए । निर्वाचनका लागि सबै सुरक्षा अंग परिचालनको निर्णय पनि गरिसकेको बताइन् । निर्वाचनमा एक थोपा पनि रगत बग्नु नहुने र कोही पनि घाइते हुन नहुने भन्दै त्यसैअनुसार सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिइन् ।...
सञ्चारमन्त्री जगदीश खरेलले  राजीनामा दिनु भयो

सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिनु भयो

Breaking News, Featured, Uncategorized, राजनीति
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा बुझाउनु भएको छ । बालुवाटार पुगेर उहाँले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र बुझाउनु भएको थियो । खरेल रास्वपाबाट ललितपुरको क्षेत्र नम्बर २ मा चुनाव लड्दै हुनुहदैछ ।