५२ करोड लेनदेनकोझुटो आरोपमा दुर्गा प्रसाईंलाई कारबाही गर्न साइबर अपराधमा पत्राचार
निर्वाचन आयोगले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । आयोगका बारेमा मिथ्या तथा भ्रामक सूचना फैलाएको भन्दै आवश्यक कारबाहीका लागि आइतबार पत्र पठाइएको हो ।
शनिबार आयोजित एक पत्रकार सम्मेलनमा प्रसाईंले गगनकुमार थापा नेतृतको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता दिंदा ५२ करोड रुपैयाँको लेनदेन भएको दाबीसहितको अपुष्ट भिडिओ सार्वजनिक गरेका थिए । सोही भिडिओ र प्रसाईंको भनाइलाई आधार बनाएर विभिन्न सामाजिक सञ्जालका पेजले भ्रामक सामग्री पोस्ट गरेपछि आयोगले कानुनी कदम चालेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले संस्थाको गरिमामा आँच पुऱ्याउने गरी गलत सूचना प्रवाह गरिएकाले कारबाहीका लागि आग्रह गरिएको जानकारी दिए । “आयोगका विषयमा मिथ्या सूचना फैलाइएकाले हामीले साइबर ब्युरोलाई आवश्यक कारबाहीक...



