Monday, October 19News That Matters

Uncategorized

मनिषा कोइराला जस्तै देखिने नायिका उषा पौडैल ।

मनिषा कोइराला जस्तै देखिने नायिका उषा पौडैल ।

Uncategorized, मनोरञ्जन, समाचार
जनकपुरमा जन्मनु भएकी उषा पौडेल चलचित्र 'कर्म'बाट नेपाली सिने क्षेत्रमा डेब्यु गर्नु भएको थियो । त्यस लगातै उहाँ लक्ष्मीप्रसाद देवकोटाद्धारा लिखित कृतिमा रहेर निर्माण गरिएको चलचित्र मुनामदन देखिनु भएको थियो । जुन सन् १९९९ मा प्रदर्शन भएको थियो । उषा नेपालकी एक प्रसिद्ध अभिनेत्री हुन् । कर्म, मुना मदन, गोधुली, तिम्रो माया, प्यारी बहिनी, गङ्गा, जेठो कान्छो, राम लक्ष्मण, बाज, क्रोध, माया नगर, ज्वालामुखी लगायतका ४० भन्दा बढी नेपाली चलचित्रहरूमा उहाँले काम गरिसक्नु भएको छ । उहालेँ भारतिय टेलिभिजन कार्यक्रमहरू जस्तै : तुझ सङ प्रित लगै सज्ना, जय जय बजरङ्ग बली, अदालत, चिन्टु छिन्की र एक बढी सि लभ स्टोरीमा आफ्नो उपस्थिति जनाइसक्नु भएको छ । हाल उहाँ अमेरिका बस्दै आइरहनु भएको छ ।...
भुटानी ड्रागन गलले भारतीय महिला टिमलाई २ एक गोलले पराजित  गर्यो

भुटानी ड्रागन गलले भारतीय महिला टिमलाई २ एक गोलले पराजित गर्यो

Uncategorized, What's Hot, खेलकुद
SAFF Women’s Futsal Championship 2026 मा भुटानी ड्रागन गलले भारतीय महिला टिमलाई २ एक गोलले पराजित गरेको छ । यो जीतसंगै भुटानी महिला टिम ११ अंकको साथ तालिकाको दोस्रो सथानमा उक्लिएको छ । १३ अंकको साथ बंगलादेश पहिलो र ९ अंकको साथ भारत तेस्रो स्थानमा छ । भुटानको महिला टिमले आफ्नो पहिलो खेलमा पाकिस्तानसंग १ एक गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा पनि बंगलादेशसंग ३ तीन गोलको नतिजा निकाल्दै अंक बाढेको थियो । तेस्रो खेलमा श्रीलंकालाई ५ एक गोल अन्तरले पराजित गर्यो । त्यस्तै आफ्नो चौथो खेलमा मल्दिभ्सलाई ४ दुई गोलले पराजित गरेको थियो । भुटानले अब आफ्नो अन्तिम खेल आइतबार नेपालसंग खेल्ने छ । फाइनल पुग्न उक्त खेल भुटानले जित्नै पर्ने हुन्छ किन कि तेसा्रे स्थानमा रहेको भारतले अन्तिम खेल श्रीलंकसंग खेल्दै छ ।...
निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

Featured, Uncategorized, लाइफ स्टाइल
सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निपाह सङक्रमण नेपालमा भित्रिन नदिन उच्च सतर्कता अपनाइएको जानकारी दिए । उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र भारतसँग सीमा जोडिएका नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिको परीक्षण सुरु गरेको बताए । प्रवक्ता बुढाथोकीले निपाह भाइरस सङ्क्रमण लागेका व्यक्तिलाई समयमा उपचार नगेको खण्डमा मृत्यु समेत हुन सक्ने बताए । उनका अनुसार निपाह भाइरस सङ्क्रमणको मृत्युदर ३० देखि ३३ प्रतिशत रहेको छ । निपाह भाइरस सङ्क्रमण सुँगुर, चमेरा र सङ्क्रमित मानिसबाट सर्ने गर्दछ ।...
रुबिनाको १००० रन पुरा सिता राना मात्र ८ रनले पछि

रुबिनाको १००० रन पुरा सिता राना मात्र ८ रनले पछि

Uncategorized, खेलकुद
नेपाली महिला क्रिकेट टिमकी पूर्वकप्तान रुबिना क्षेत्रीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन पूरा गर्नुभएको छ । बिहीबार नेदरल्यान्ड्सविरुद्ध भएको खेलमा अविजित ३७ रन बनाउँदै उहाँले उक्त उपलब्धि हासिल गर्नुभएको हो । तर व्यक्तिगत ऐतिहासिक कीर्तिमान पूरा भए पनि रुबिनाको अनुहारमा खुशी देखिएन । कारण, नेदरल्यान्ड्ससँग नेपाल केवल २ रनले पराजित हुन पुग्यो । जित नजिक पुगेर नतिजा हातबाट फुत्किँदा निकै पीडा भएको रुबिनाले खेलपछि बताउनुभयो । १४१ रनको लक्ष्य पछ्याइरहेको नेपाललाई अन्तिम तीन ओभरमा ४४ रन आवश्यक थियो भने ३ विकेट मात्र बाँकी थिए । यस्तो अवस्थामा नेदरल्यान्ड्सजस्तो सशक्त टोलीविरुद्ध नेपाल जित नजिक पुग्ला भन्ने अपेक्षा कमैले गरेका थिए । तर यही कठिन परिस्थितिमा रुबिना क्षेत्री र सिता राना मगरले आठौँ विकेटका लागि उत्कृष्ट साझेदारी गर्दै नेपालको आशा जीवित राख्नुभयो । अठारौ...
सञ्चारमन्त्री जगदीश खरेलले  राजीनामा दिनु भयो

सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिनु भयो

Breaking News, Featured, Uncategorized, राजनीति
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा बुझाउनु भएको छ । बालुवाटार पुगेर उहाँले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र बुझाउनु भएको थियो । खरेल रास्वपाबाट ललितपुरको क्षेत्र नम्बर २ मा चुनाव लड्दै हुनुहदैछ ।
‘पुष्पलालका छानिएका रचनाहरू’ बजारमा आइपुग्यो

‘पुष्पलालका छानिएका रचनाहरू’ बजारमा आइपुग्यो

Featured, Uncategorized, लाइफ स्टाइल
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठका संकलित रचनाहरू समेटिएका पाँच पुस्तक सार्वजनिक भएका छन्। पुष्पलाल अध्ययन समाजले संकलन गरेको यी कृतिमा ‘नेपालमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास’ र ‘पुष्पलाल/छानिएका रचना–१, २, ३ र ४’ समावेश छन्, जसमा नेकपाको स्थापना, संगठन निर्माणका चुनौती र आन्दोलनको ऐतिहासिक पृष्ठभूमि प्रस्तुत गरिएको छ । । यी पुस्तकहरूमा विभिन्न कालखण्डका राजनीतिक लेख, दस्तावेज, प्रतिवेदन, भाषण र वैचारिक सामग्री समेटिएको छ। लिपि प्रकाशनद्वारा प्रकाशित पाँचै पुस्तकको मूल्य ३ हजार ३ सय २० रुपैयाँ तोकिएको छ ।...