नाक्छोङको बिशेष प्रदर्शनी फागुन ९ गते बिर्तामोडमा हुदै
किरात राईहरुको सस्कारमा आधारित चलचित्र नाक्छोङको बिशेष प्रदर्शनी यहि फागुन ९ गते बिर्तामोडको पाथीभरा सिने प्लाजामा हुने भएको छ । राई समुदायमा भइरहेको सांस्कृतिक परिवर्तन र बसाइसराईसंगै परेको सास्कृतिक प्रभावहरुलाई चलचित्र मार्फत देखाउन खोजिएको कुरा यस चलचित्रका निर्माता ज्योतिराज राईले बताउनु भयो । नाक्छोङहरुको अभावमा कस्ता किसिमका समस्यहरुको सामाना गर्नु पर्छ त भन्ने बिषयलाई यस चलचित्रले समेटेको पनि उहाँले बताउनु भयो ।
नाक्छोङ चलचित्रले पाहाडमा बसोबास गरेका बहुसंख्याक राई समुदायको कथा भन्दा पनि बसाई सरेर मधेश झरेका राई समुदायको कथालाई पर्दामा देखाउन खोजिएको कुरा यस चलचित्रका निर्देशक किरान राइले प्रष्ट पार्नु भयो । यो चलचित्रले बिशेष गरि किरात राई समुदायको सास्कृतिक कुरालाई उठान गरे ता पनि सम्पुर्ण समुदायमा भइरहेको सास्कृतिक बिचलनहरुलाई प्रतिनिधित्व गर्ने निर्देशक राईको भनाई छ । उह...








