
लामो समयको अन्तरल पछि कुनै समयकी चर्चित नायिका बिपना थापा पुन चलचित्र क्षेत्रमा सकृय हुनु भएको छ ।
चलचित्र ‘आ बाट आमा’मा अभिनेत्री बिपना थापाले नायक पल शाहको आमाको रोलमा अभिनय गर्नु भएको छ । बुवाको भुमिकामा बलिउड अभिनेता प्रदिप राउत देखिनु भएको छ ।
चलचित्रमा सबैको अभिनय उत्कृस्ट छ । यो चलचित्रले सबैको आँखामा आँसु झारिदिन सक्छ ।
साइग्रेस र उषाको अभिनया हेर्दा उहाहरु नयाँ कलाकार हो जस्तो लाग्दैन । सिम्रन पन्तको यो दोश्रो फिल्म हो । उहाँको अभिनयमा पनि खोट लगाउने ठाउँ छैन।