Monday, October 19News That Matters

ओलीको ‘डेट एक्सपायर्ड’ चुनावी एजेन्डा

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ २२ गते ‘दैलेखमा ग्यास उत्खनन् गर्‍यौं, अब घर–घरमा पुर्‍याउँछौं’ भनेर फेसबुक स्टाटस लेखे । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका ओलीले म्याद सकिएको ग्यास राजनीतिलाई फेरि ब्युँताएकोमा सामाजिक सञ्जालमा ट्रोल बनाइएको छ । २५ हजार ५०० ले कमेन्ट गरेका अधिकांशले उनको उछितो काटेका छन् । ओलीले विकासका लागि सपना देख्नु, त्यसलाई साकार पार्नु र सोही अनुसार कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

२०७२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा नेपालमा छिमेकी देश भारतले अघोषित नाकाबन्दीले आम नागरिकको दैनिक जीवनशैली अस्तव्यत भएको थियो । निकै कष्टकर हुँदा समेत नाकाबन्दीसामु नझुकेका आम नागरिकको पक्षमा उभिएका कारण ओली राष्ट्रवादी नेताको रुपमा निकै लोकप्रिय भएका थिए ।

२०४८ सालदेखि लगातार झापा-५ बाट निर्वाचन लड्दै आएका ओली यसपटक काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन शाहले चुनौती दिएपछि तनावमा देखिन्छन् । देशको चार पटक प्रधानमन्त्री भएका ओलीले २०६४ को संविधानसभा सदस्य निर्वाचन बाहेक सबै चुनाव जितेका छन् । २०७४ सालमा संविधान विपरीत दुई–दुई पटक संसद विघटन गरेर अलोकप्रिय भएका उनी जेनजी नरसंहारका कारण चौतर्फी आलोचित छन् । विषम परिस्थितिमा हुन लागिरहेको यस निर्वाचन जित्नै पर्ने दबाबमा ओली छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *