Monday, October 19News That Matters

Author: Rabikiran rai

अर्पण थापा र ‘शाम्बाला’ अभिनेत्री थिन्ले ल्हामोको फिल्ममा रेखा थापाको इन्ट्री

अर्पण थापा र ‘शाम्बाला’ अभिनेत्री थिन्ले ल्हामोको फिल्ममा रेखा थापाको इन्ट्री

मनोरञ्जन
धमाधम सुटिङ भइरहेको चलचित्र 'फ्रेन्च किस’मा अभिनेत्री रेखा थापा भित्रिनु भएको छ। नयाँ पुस्ताको लभ स्टोरी ‘फ्रेन्च किस’मा रेखालाई अनुबन्ध गरेको फिल्मका कार्यकारी निर्माता सौगात बस्नेतले जानकारी दिनुभएको छ । अर्पण थापा र ‘शाम्बाला’ अभिनेत्री थिन्ले ल्हामोको मुख्य भूमिका रहने यो फिल्ममा अभिनेत्री गौरी मल्ल पनि मुख्य भुमिकामा हुनुहुन्छ । अर्पण स्वयंमले निर्देशन गरिरहनु भएकोे चलचित्र 'फ्रेन्च किस'मा सुदीप बरालको छायाङ्कन र दीपक बज्राचार्यको सङ्गीत रहेकोछ ।...
प्रीति राई पोखरामा वर्ष उत्कृष्ट खेलाडीबाट सम्मानित

प्रीति राई पोखरामा वर्ष उत्कृष्ट खेलाडीबाट सम्मानित

खेलकुद, समाचार
२५औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता मंगलबारदेखि पोखरा रंगशालामा औपचारिक रूपमा सुरु भएको छ । उक्त प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डर प्रीति राईलाई वर्ष उत्कृष्ट खेलाडीबाट नगद तथा सम्मान पत्र सहित दोसल्ला उडाएर सम्मान गरिएको थियो । सम्मान पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र पुरस्कारका प्रायोजक खेमबहादुर गुरुङले संयुक्त रूपमा प्रदान गरेका हुन्। सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर आचार्यले पोखरालाई खेलकुदको ‘हब’ का रूपमा विकास गर्न महानगर प्रतिबद्ध रहेको बताए । उनले भगिनी सम्बन्ध रहेका विभिन्न देशका शहरहरूसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्ने योजना सार्वजनिक गर्दै पोखरा रंगशालामा फ्लडलाइट जडानका लागि महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाए ।...
ओलीको ‘डेट एक्सपायर्ड’ चुनावी एजेन्डा

ओलीको ‘डेट एक्सपायर्ड’ चुनावी एजेन्डा

Breaking News, Featured, राजनीति, समाचार
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ २२ गते ‘दैलेखमा ग्यास उत्खनन् गर्‍यौं, अब घर–घरमा पुर्‍याउँछौं’ भनेर फेसबुक स्टाटस लेखे । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका ओलीले म्याद सकिएको ग्यास राजनीतिलाई फेरि ब्युँताएकोमा सामाजिक सञ्जालमा ट्रोल बनाइएको छ । २५ हजार ५०० ले कमेन्ट गरेका अधिकांशले उनको उछितो काटेका छन् । ओलीले विकासका लागि सपना देख्नु, त्यसलाई साकार पार्नु र सोही अनुसार कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा नेपालमा छिमेकी देश भारतले अघोषित नाकाबन्दीले आम नागरिकको दैनिक जीवनशैली अस्तव्यत भएको थियो । निकै कष्टकर हुँदा समेत नाकाबन्दीसामु नझुकेका आम नागरिकको पक्षमा उभिएका कारण ओली राष्ट्रवादी नेताको रुपमा निकै लोकप्रिय भएका थिए । २०४८ सालदेखि ...
विश्वप्रकाशको कटाक्ष- परिवर्तनको नाममा एमालेले श्रद्धेय ‘बा’ लाई तेस्रोपटक अध्यक्ष बनायो

विश्वप्रकाशको कटाक्ष- परिवर्तनको नाममा एमालेले श्रद्धेय ‘बा’ लाई तेस्रोपटक अध्यक्ष बनायो

Featured, राजनीति, समाचार
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले एमालेले परिवर्तनको नाममा केपी ओलीलाई तेस्रो पटक अध्यक्ष बनाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका उपसभापति शर्माले माओवादी त नाम नै परिवर्तन गरेर नयाँ भनिरहेको भन्दै व्यङ्ग्य गरे। उनले भने, ‘नेकपा एमालेले विधानमा परिवर्तन गर्‍यो। दुई पटक मात्रै सभापति हुन पाउने व्यवस्था गरेको रहेछ, अध्यक्ष दुई पटक मात्रै हुन पाउने व्यवस्था। उहाँहरूले परिवर्तन गर्नुभयो, किनभने श्रद्धेय बा लाई पुनः अध्यक्ष बनायो। माओवादी पार्टीले नाम परिवर्तन गर्‍यो।’...
सुनिल थापा गुरुङको नाती लिम्बुको ज्वाई । थापा थर कसरी ?

सुनिल थापा गुरुङको नाती लिम्बुको ज्वाई । थापा थर कसरी ?

Featured, मनोरञ्जन
सन् १९७७ मा प्रदर्शित हिन्दी फिल्म ‘साहब बहादुर’ बाट सुनिल थापाले फिल्मी जीवन शुरु गर्नुभएको थियो ।  हिन्दी फिल्म नगरीमा व्यस्त हुन थालेपछि भारतको देहरादुनमा बसोबास गरिरहेरहनु भएका सुनिलका सबै परिवार मुम्बई तिर बसाइ सर्नु भएको थियो । उहाँको निकटतम साथी प्रकाश सायमीका अनुसार सुनिलको परिवार  ‘गुरुङ’ भए पनि भारतीय सेनामा ‘थापा’ का रुपमा भर्ति हुन सजिलो भएका कारण उहाँका बुबाले थापा थर लेख्न थाल्नु भएको रहेछ । २०४४ साल तिर निर्माण भएको चलचित्र चिनो सुनिल थापाको जीवनको दोस्रो अध्यायको शुरुवात थियो । फिल्मी जीवनको पहिलो अध्याय मुम्बईबाट शुरु मात्रै गर्नुभएको थिएन त्यता उहाँले रामै छाप छाडिसक्नु भएको थियो । तर, नेपाली रगत न हो, मुम्बई भन्दा नेपाल नै उहाँलाई प्यारो लाग्यो । चिनो’ मा ‘राते काइँला’ को भूमिका खेलेपछि उहाँले न भारत, न पाकिस्तान, कतै हेर्नुपरेन । नेपाली चलचित्रमै व्यस्त...
सुनिल, तपाईंको अभाव कहिल्यै पूरा हुन सक्दैन: राजेश हमाल

सुनिल, तपाईंको अभाव कहिल्यै पूरा हुन सक्दैन: राजेश हमाल

Featured, समाचार
अभिनेता सुनिल थापाको निधनमा कलाकारदेखि सर्वसाधारणहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। अभिनेता राजेश हमालले सुनिल थापा एक असाधारण सहकर्मी रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, 'सुनिल, तपाईं एक असाधारण सहकर्मी हुनुहुन्थ्यो। तपाईंको अभाव कहिल्यै पूरा हुन सक्दैन। राजेश र सुनिलले दर्जनौं नेपाली फिल्ममा सहकार्य गरेका थिए। अभिनेतामा राजेश हमाल र खलपात्रमा सुनिल थापाबीचको केमेस्ट्रीलाई दर्शकले समेत अत्यन्त रूचाएका थिए। राजेशले फेसबुकमा लेखेका छन्, 'नेपाली सिनेमाको इतिहासमा तपाईं एउटा महत्वपूर्ण मोड हुनुहुन्छ। मेरो सिनेमायात्रा म तपाईंप्रति समर्पित गर्दछु।' सुनिल थापाको शनिबार बिहान ६८ वर्षको उमेरमा निधन भएको हो। उनले नेपालीसहित बलिउड फिल्म तथा वेब सिरिजमा समेत अभिनय गरेका छन्। उनी विशेषगरी खलनायक तथा चरित्र...
मनिषा कोइराला जस्तै देखिने नायिका उषा पौडैल ।

मनिषा कोइराला जस्तै देखिने नायिका उषा पौडैल ।

Uncategorized, मनोरञ्जन, समाचार
जनकपुरमा जन्मनु भएकी उषा पौडेल चलचित्र 'कर्म'बाट नेपाली सिने क्षेत्रमा डेब्यु गर्नु भएको थियो । त्यस लगातै उहाँ लक्ष्मीप्रसाद देवकोटाद्धारा लिखित कृतिमा रहेर निर्माण गरिएको चलचित्र मुनामदन देखिनु भएको थियो । जुन सन् १९९९ मा प्रदर्शन भएको थियो । उषा नेपालकी एक प्रसिद्ध अभिनेत्री हुन् । कर्म, मुना मदन, गोधुली, तिम्रो माया, प्यारी बहिनी, गङ्गा, जेठो कान्छो, राम लक्ष्मण, बाज, क्रोध, माया नगर, ज्वालामुखी लगायतका ४० भन्दा बढी नेपाली चलचित्रहरूमा उहाँले काम गरिसक्नु भएको छ । उहालेँ भारतिय टेलिभिजन कार्यक्रमहरू जस्तै : तुझ सङ प्रित लगै सज्ना, जय जय बजरङ्ग बली, अदालत, चिन्टु छिन्की र एक बढी सि लभ स्टोरीमा आफ्नो उपस्थिति जनाइसक्नु भएको छ । हाल उहाँ अमेरिका बस्दै आइरहनु भएको छ ।...
इलाम १ मा पहिलो पटक झलनाथ पछि हटे

इलाम १ मा पहिलो पटक झलनाथ पछि हटे

Featured, राजनीति, समाचार
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल उम्मेदवार छैनन् । नेकपा नेता खनाल यसपटक चुनावी प्रतिस्पर्धामा नहुँदा इलाम-१ मा पहिलोपटक उनीबेगरको प्रतिस्पर्धा हुँदैछ । २०४८ यता लगातार यो क्षेत्रमा चुनाव लड्दै आएका खनाल २०७९ को चुनावमा पराजित बनेका थिए ।
अभिनेत्री बिपना थापा पुन चलचित्र क्षेत्रमा सकृय ।

अभिनेत्री बिपना थापा पुन चलचित्र क्षेत्रमा सकृय ।

Featured, मनोरञ्जन
लामो समयको अन्तरल पछि कुनै समयकी चर्चित नायिका बिपना थापा पुन चलचित्र क्षेत्रमा सकृय हुनु भएको छ । चलचित्र 'आ बाट आमा'मा अभिनेत्री बिपना थापाले नायक पल शाहको आमाको रोलमा अभिनय गर्नु भएको छ । बुवाको भुमिकामा बलिउड अभिनेता प्रदिप राउत देखिनु भएको छ । चलचित्रमा सबैको अभिनय उत्कृस्ट छ । यो चलचित्रले सबैको आँखामा आँसु झारिदिन सक्छ । साइग्रेस र उषाको अभिनया हेर्दा उहाहरु नयाँ कलाकार हो जस्तो लाग्दैन । सिम्रन पन्तको यो दोश्रो फिल्म हो । उहाँको अभिनयमा पनि खोट लगाउने ठाउँ छैन।...
सोसियल मिडिया सम्बन्धी विधेयक फिर्ता लिन स्वीकृति दिने सरकारको निर्णय

सोसियल मिडिया सम्बन्धी विधेयक फिर्ता लिन स्वीकृति दिने सरकारको निर्णय

Breaking News, राजनीति, समाचार
सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ सङ्घीय संसद्बाट फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयाे ।...