Monday, October 19News That Matters

Author: Rabikiran rai

तामाङ समुदायले पाउनु भयो २०२६ को Miss Tamang

तामाङ समुदायले पाउनु भयो २०२६ को Miss Tamang

Featured, मनोरञ्जन, समाचार
१८औ संस्करणको मिस तामाङको ताज बौद्ध निवासी १८ बर्षीया साम्राज्ञी मोक्तानले जित्नु भएको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा भएको ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले ताज आफ्नो शिरमा पहिरीन सफल हुनुभएको थियो ।यस्तै नुवाकोटकी सुस्मा लामा स्याङतान फस्ट रनरअप, सृष्टि थिङ तामाङ सेकेण्ड रनरअप र ओसिन गोले तामाङ थर्ड रनरअप बन्न् भएको छ ।...
नायिका बेनिशाको टिम स्वेच्छाले बाहिरिएपछि पल शाहको लागी मैदान खुल्ला

नायिका बेनिशाको टिम स्वेच्छाले बाहिरिएपछि पल शाहको लागी मैदान खुल्ला

मनोरञ्जन, समाचार
माघ १६ बाट प्रदर्शनमा आएको फिल्म ‘द ब्लू लाइट’लाई निर्माताले हलबाट उतार्ने निर्णय गरेका छन् । आगामी दिनमा थप सशक्त तयारी र प्रभावकारी प्रचार रणनीतिसहित पुनः प्रदर्शन गर्ने योजनासहित फिल्मलाई हालका लागि हलबाट हटाउने निर्णय गरिएको चौहानद्वारा जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । सोमबार निर्माता कम्पनी स्काइफल पिक्चर्सको तर्फबाट निर्देशक बलिराम चौहानले उक्त विज्ञप्ति जारी गर्नु भएको थियो । यता सोहि मितिमा लागेको पल शाह अभिनित 'आ बाट आमा'ले भने शुखद शुरुवत गरिरहेको छ । दर्शकहरु 'आ बाट आमा' तिर ओइरिरहदा हलिउड र बलिउडलाई पनि टक्कर दिने साइको थ्रिलर जनराको The Blue Light ओझेलमा परेको हो कि भन्ने आभाष फरक र उत्कृष्ट क्वलिटीको फिल्म खोजिरहेका दर्शकहरुले अनुमान लगाइ रहेका थिए । यसो भनि रहदा 'आ बाट आमा' राम्रो र शान्दार फिल्म हैन भन्न खोएिको भने पक्कै हैन ।...
कुमारीको हिरो अभिषेक खड्का चलचित्र ‘श्रीनिवास’मा अनुबन्ध

कुमारीको हिरो अभिषेक खड्का चलचित्र ‘श्रीनिवास’मा अनुबन्ध

मनोरञ्जन
‘हरिबहादुरको जुत्ता’ निर्माण गरेको टिमले नयाँ फिल्म ‘श्रीनिवास’ बनाउने औपचारिक घोषणा मंगलबार गरेको छ । फिल्ममा हरिवंश आचार्य र अभिषेक खड्का प्रमुख भूमिकामा रहनेछन् । अभिषेकको डेब्यू फिल्म ‘कुमारी’ यही माघ २३ गतेबाट रिलिज हुँदैछ, जसले उनलाई पछिल्लो समय चर्चामा ल्याएको छ।
ओलीले भने– भदौ २३ गते मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन

ओलीले भने– भदौ २३ गते मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन

Breaking News, Featured, राजनीति, समाचार
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गएको भदौ २३ गते आफूले गोली चलाउने कुनै पनि आदेश नदिएको स्पष्ट पारेका छन् । बुधबार सामाजिक सञ्जालमा लेख्दै ओलीले आफू र नेकपा एमालेविरुद्ध फैलाइएको भ्रममा नपर्न आग्रह गरे । "केही दिनयता एउटा पक्षले भदौ २३ गतेको घटनाबारे गलत प्रचार फैलाइरहेको छस मानौं प्रधानमन्त्रीले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको हो भन्नेजस्तो । यो कुरा पूर्ण रूपमा निराधार छ । हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन, र त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन र आदेश  दिन सोच्न पनि सक्दिनँ," ओलीले लेखेका छन् ।  संसद् भवनअघि आगो लगाउने प्रयास र विष्फोटक वस्तु प्रयोग भएपछि स्थितिलाई कानुनले आन्दोलन नभई राज्यविरुद्धको हमला मान्ने ओलीले स्पष्ट पारेका छन् ।  "संसद् भवन...
सिन्धुपाल्चोककी सुष्मा तामाङ

सिन्धुपाल्चोककी सुष्मा तामाङ

खेलकुद, समाचार
सिन्धुपाल्चोकमा जन्मनु भएकी सुष्मा तामाङ नेपाल पुलिस फुटबल क्लबबाट घरेलु प्रतियोगिताहरु खेलिरहनु भएको छ । गएको बर्ष दशरथ रंगशालामा आयोजित Vianet International Women's Championship 2025 का लागी पहिलो पटक राष्ट्रिय टोलीमा अटाउनु भएकी सुष्मा त्यस लगातै थाइलेण्डमा आयोजित मैत्रीपुर्ण खेलका लागी पनि छनौटमा पर्नु भएको थियो । तर दुबै प्रतियोगितामा डेब्यु गर्ने मौका भने पाउनु भएन । उज्बेकिस्तानमा आयोजित AFC Women's Asian Cup Qualifiers मा उहाँ राष्ट्रिय टोलीमा अटाउन सक्नु भएन । त्यसपछि नेपालले खेलाका अन्तराष्ट्रिय खेलहरुमा सुष्मा राष्ट्रिय टिममा पर्न सक्नु भएको छैन । थाइलेण्डमा आयोजित SAFF Women's Futsal Championship 2026 खेल्ने नेपाली राष्ट्रिय महिला टोलीमा उहा सहभागी खेलाडीहरु मध्ये एक हुनुहुन्थ्यो । उक्त प्रतियोगितामा सुष्माले उत्कृष्ट प्रदर्शन गर्नु भएको थियो भने भुटान बिरु...
एरिका गुरुङले इतिहास रच्दै कराते वान प्रिमियर लिगमा रजत पदक जितिन् ।

एरिका गुरुङले इतिहास रच्दै कराते वान प्रिमियर लिगमा रजत पदक जितिन् ।

What's Hot, खेलकुद, समाचार
टर्किएको इस्तानबुलमा भएको WKF Karate 1 Premier League 2026 अन्तर्गत महिला ६८ किलो तौल माथि आइतबार सम्पन्न फाइनल खेलमा एरिका कजाखस्तानकी सोफिया बेरुत्सेभासँग ४–२ ले पराजित भए पनि उहाँले इतिहास रच्दै कराते वान प्रिमियर लिगमा रजत पदक जितेकी छन् । त्यस अघि फाइनलसम्म पुग्दा एरिकाले उत्कृष्ट प्रदर्शन गर्नु भएको थियो । फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्दा गर्दै दोस्रो स्थानमा उहाँले चित्ता बुजाउनु पर्यो । एरिकाले गएको वर्ष मोरक्कोको रावातमा भएको कराते वान प्रिमियर लिगमा पहिलो सहभागितामै कांस्य पदक जित्दै इतिहास रच्नु भएको थियो । यस पटक एरिकाले अझ उत्कृष्ट खेल्नु हुदै फाइनलसम्मको यात्रा गर्नु भएर इतिहास रच्नु भएको छ ।...
एक वर्षमै प्रकाश सपूतका चार वटा फिल्म फ्लप भएपछि…

एक वर्षमै प्रकाश सपूतका चार वटा फिल्म फ्लप भएपछि…

मनोरञ्जन, समाचार
गायनमा लोभ लाग्दो चर्चा कमाइ रहदा प्रकाश सपूतले ‘परदेशी २’बाट फिल्ममा डेब्यु गर्नु भएको थियो । उहाँको डेब्यु फिल्म हिट भयो । उहाँको दोस्रो फिल्म ‘पूर्णबहादुरको सारंगी’ले त इतिहास नै रच्यो । तर उहाँ आफैंले निर्देशन र अभिनय गर्नु भएको फिल्म ‘वसन्त’ नराम्ररी डुब्यो । उहाँका लागि यस वर्ष अझ निराशाजनक बनेको छ । यो वर्ष प्रकाश सपुतका चार फिल्म ‘हरिबहादुरको जुत्ता’,‘माइतीघर’,‘सोल्टिनी’ र ‘मिरमिरे’ प्रदर्शन भइसकेका छन् । त्यसमध्ये ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ले ४ करोडको आँकडा पार गरे पनि लगानी सुरक्षित गर्न सकेनन् । ‘सोल्टिनी’को अवस्था त हरिविजोग नै रह्यो । यसले ३० लाख पनि कमाएन । यतिबेला प्रदर्शन भइरहेको ‘मिरमिरे’को व्यापार पनि ४० लाख आसपासमा अड्किएको छ । भन्नेहरु भन्ने गर्छन्, गत वर्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेपछिको असर हो यो भनेर । एक वर्षमै चारवटा फिल...
पल र बेनिशा छुट्टा छुट्टै कथा लिएर एउटै मितीमा भिड्दै

पल र बेनिशा छुट्टा छुट्टै कथा लिएर एउटै मितीमा भिड्दै

Featured, मनोरञ्जन
यही बर्षको श्रावण अन्त्यतिर प्रदर्शन भएको सफल चलचित्र मोहरमा बेनिशा हमाल र पल शाह दुबैले संगै सहकार्य गर्नु भएको थियो । लगभग ५ महिना पश्चात उहाँहरु छुट्टा छुट्टै फिल्म लिएर एउटै मितिमा सिनेमा हलको पर्दामा उत्रने निश्चिल भएको छ । चन्द्र पन्तले निर्देशन गर्नु भएको पल शाह अभिनित चलचित्र 'आ बाट आमा' र बेनिशा हमालले अभिनय गर्नु भएको बलिराम चौहान निर्देशित चलचित्र 'द ब्लु लाइट' यहि माघ १६ गतेबाट सिनेमा घरमा लाग्दै छ । चलचित्र 'आ बाट आमा'मा विपना थापा, पल शाह, भारतीय अभिनेता प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपाली लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। चलचित्र ‘द ब्ल्यू लाइट’मा बेनिशा, अर्पण, आयुशमान, सृष्टिसँगै महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा हुनुहुन्छ । ‘द ब्ल्यू लाइट’मा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।...
भुटानी ड्रागन गलले भारतीय महिला टिमलाई २ एक गोलले पराजित  गर्यो

भुटानी ड्रागन गलले भारतीय महिला टिमलाई २ एक गोलले पराजित गर्यो

Uncategorized, What's Hot, खेलकुद
SAFF Women’s Futsal Championship 2026 मा भुटानी ड्रागन गलले भारतीय महिला टिमलाई २ एक गोलले पराजित गरेको छ । यो जीतसंगै भुटानी महिला टिम ११ अंकको साथ तालिकाको दोस्रो सथानमा उक्लिएको छ । १३ अंकको साथ बंगलादेश पहिलो र ९ अंकको साथ भारत तेस्रो स्थानमा छ । भुटानको महिला टिमले आफ्नो पहिलो खेलमा पाकिस्तानसंग १ एक गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा पनि बंगलादेशसंग ३ तीन गोलको नतिजा निकाल्दै अंक बाढेको थियो । तेस्रो खेलमा श्रीलंकालाई ५ एक गोल अन्तरले पराजित गर्यो । त्यस्तै आफ्नो चौथो खेलमा मल्दिभ्सलाई ४ दुई गोलले पराजित गरेको थियो । भुटानले अब आफ्नो अन्तिम खेल आइतबार नेपालसंग खेल्ने छ । फाइनल पुग्न उक्त खेल भुटानले जित्नै पर्ने हुन्छ किन कि तेसा्रे स्थानमा रहेको भारतले अन्तिम खेल श्रीलंकसंग खेल्दै छ ।...
‘अ फ्रेन्च किस’ मार्फत फिल्म निर्देशनमा फर्किए अर्पण

‘अ फ्रेन्च किस’ मार्फत फिल्म निर्देशनमा फर्किए अर्पण

What's Hot, मनोरञ्जन
अभिनेता अर्पण थापा करिब ६ वर्षपछि निर्देशनमा फर्किएका छन् । उनले निर्देशन गर्ने नयाँ फिल्म ‘अ फ्रेन्च किस’को शुक्रबार सरस्वतीको पूजाको अवसर पारेर काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा शुभ मुहूर्त गर्दै निर्माण घोषणा गरिएको छ । पछिल्लो पटक सन् २०१९ मा हरर फिल्म ‘घर’ निर्देशन गरेका अर्पणले त्यसअघि ‘सुनकेशरी र ‘मुखौटा’ बनाएका थिए । ए.टी.एफ. प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा ‘शाम्बाला’बाट चर्चामा आएकी अभिनेत्री थिन्ले ल्हामो मुख्य भूमिकामा देखिनेछन् । फिल्ममा उनको जोडी अर्पणसँग बाँधिनेछ । गौरी मल्ल र आयशा तामाङको पनि फिल्ममा अभिनय रहने जनाइएको छ । माघ १२ गते सोमबारबाट चितवनका विभिन्न स्थानमा फिल्मको छायांकन हुनेछ । यस फिल्मको कार्यकारी निर्मातामा सौगात बस्नेत र सह-निर्मातामा सुभाष बी. शाही रहेका छन् । फिल्ममा सुदीप बरालको छायांकन र दीपक बज्राचार्यको संगीत रहनेछ । ...