Monday, October 19News That Matters

Author: Rabikiran rai

भुक्तानी नपाएपछि स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्दै अस्पतालहरु

भुक्तानी नपाएपछि स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्दै अस्पतालहरु

लाइफ स्टाइल
सम्पूर्ण नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको सर्वव्यापी पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ स्वास्थ्य बीमा कार्यक्रम सरकारले ल्याएको हो । तर सरकारको यही बीमा कार्यक्रम अहिले अलपत्र बन्दै गएको छ। अस्पतालहरुले सेवा दिए बापत बीमा बोर्डले दिनुपर्ने भुक्तानी दिन नसक्दा स्वास्थ्य बीमा कार्यक्रम करिब बन्द हुने स्थितिमा पुगेको छ । लामो समयदेखि भुक्तानी प्रक्रिया रोकिदा सरकारको स्वामित्वमा रहेका स्वास्थ्य संस्थाले नै बीमा सेवा नदिने निर्णय गर्न थालेपछि उक्त कार्यक्रम असफलतातर्फ उन्मुख भएको विज्ञहरु बताउँछन्। निजी स्तरका स्वास्थ्य संस्थाले यसअघि नै बीमा कार्यक्रमबाट हात झिकिसकेका छन् ।...
साफ महिला फुटसल च्याम्पियनसिपमा : नेपालले भारतसंग ८ एक गालले नतिजा सुम्पियो

साफ महिला फुटसल च्याम्पियनसिपमा : नेपालले भारतसंग ८ एक गालले नतिजा सुम्पियो

Breaking News, खेलकुद
साफ फुटसल च्याम्पियनसिपअन्तर्गत महिलतर्फको प्रतिस्पर्धामा नेपालले भारतसँग पराजय भोगेको छ। शनिबार थाइल्यान्ड भएको खेलमा नेपालमाथि भारतले ८-१ गोलको जित निकालेको हो ।  यसअघिका दुई खेलमा नेपालले श्रीलंकासँग बराबरी खेलेको थियो भने बिहीबार माल्दिसलाई हराएको थियो। महिलातर्फ नेपालले सोमबार बंगलादेशसँग खेल्नेछ । पुरुषतर्फ नेपालले पहिलो खेलमा श्रीलंकालाई २-१ गोलले हराएको थियो। नेपालले आइतबार भारतसँग खेल्दैछ ।...
नेपाल एसबिआई बैंक लुट प्रकरणः असोज २३ र २८ गते ट्रायल गरेर २९ गते काम तमाम

नेपाल एसबिआई बैंक लुट प्रकरणः असोज २३ र २८ गते ट्रायल गरेर २९ गते काम तमाम

Featured
सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंक शाखा लुटपाटको योजना लुटेराहरूले गत असोजमै बनाएको र दुई पटक असफल भएपछि तेस्रो प्रयासमा लुट सफल भएको खुलेको छ। बैंक बसेको घरका घरधनीकै सहयोगमा योजना बनाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीका अनुसार लुटेराहरू पुष २३ गते भाडाका मोटरसाइकल लिएर बैंक पुगे पनि लुट असफल भएपछि फर्किएका थिए। पुष २९ गते घरधनीकै डिजाइन अनुसार बैंक प्रवेश गरी सुरक्षा गार्ड र कर्मचारीलाई बाँधेर, मुखमा टेप टाँसी नक्कली पेस्तोल देखाउँदै लुटपाट गरिएको थियो। लुटपछि घाइते अवस्थाका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । घटनापछि प्रहरीले बन्धक बनाइएका कर्मचारीको उद्धार गरी घाइते गार्ड रुद्र कार्कीको उपचार गराएको थियो। ५० जनाको प्रहरी टोलीले सर्च अपरेशनका क्रममा घटनास्थलबाट दुई किलोमिटर पूर्व लिपिखोलामा लुटमा प्रयोग गरिएको टाटा सुमो र...
‘पुष्पलालका छानिएका रचनाहरू’ बजारमा आइपुग्यो

‘पुष्पलालका छानिएका रचनाहरू’ बजारमा आइपुग्यो

Featured, Uncategorized, लाइफ स्टाइल
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठका संकलित रचनाहरू समेटिएका पाँच पुस्तक सार्वजनिक भएका छन्। पुष्पलाल अध्ययन समाजले संकलन गरेको यी कृतिमा ‘नेपालमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास’ र ‘पुष्पलाल/छानिएका रचना–१, २, ३ र ४’ समावेश छन्, जसमा नेकपाको स्थापना, संगठन निर्माणका चुनौती र आन्दोलनको ऐतिहासिक पृष्ठभूमि प्रस्तुत गरिएको छ । । यी पुस्तकहरूमा विभिन्न कालखण्डका राजनीतिक लेख, दस्तावेज, प्रतिवेदन, भाषण र वैचारिक सामग्री समेटिएको छ। लिपि प्रकाशनद्वारा प्रकाशित पाँचै पुस्तकको मूल्य ३ हजार ३ सय २० रुपैयाँ तोकिएको छ ।...
केपी ओली र बालेन शाहबीचको सम्भावित चुनावी भिडन्तले झापा–५ तातेको छ ।

केपी ओली र बालेन शाहबीचको सम्भावित चुनावी भिडन्तले झापा–५ तातेको छ ।

Breaking News, राजनीति
नेकपा एमाले अध्यक्ष ओली २०४८ सालदेखि यही क्षेत्रबाट चुनाव लड्दै आएका छन्। २०६४ साल बाहेक उनी सधैँ विजयी हुँदै आएका छन् र यसपटक पनि झापा–५ बाट एकल सिफारिसमा परेका छन् । यता, ‘जेनजी आन्दोलन’पछि चर्चामा आएका काठमाडौं महानगरका मेयर बालेन शाहले ओलीलाई हराएर भावी प्रधानमन्त्री बन्ने दाबी गर्दै यही क्षेत्रबाट चुनाव लड्ने तयारी तीव्र पारेका छन्। उनले दमक–५ मा घर भाडामा लिएर चुनावी गतिविधि सुरु गरिसकेका छन् । बालेनको समर्थनमा रास्वपा कार्यकर्ता सक्रिय बनेका छन् भने कलाकार तथा निर्देशक निश्चल बस्नेतसहितको टोली पनि दमक पुगेको छ ।...
हिमालय रोडिजको उपाधि Anish Tamang लाई

हिमालय रोडिजको उपाधि Anish Tamang लाई

खेलकुद
हिमालयन टेलिभिजनबाट प्रसारण हुदै आइरहेको 'यामाहा हिमालय रोडिज'को सातौ श्रृङ्खलाको फाइनल पुस १४ गते सोमबार सम्पन्न भएको छ । फाइनलमा टिम लिडर अनुपबिक्रम शाहीका दुई प्रतियोगीहरु रोजिता लामा र अनिश तामाङले उपाधीका लागी प्रतिस्पर्दा गर्नु भएको थियो । अनिश नेपाली सेनामा सेवारत हुनुहुन्छ भने रोजिता फिटनेस ट्रेनर हुन् ।यो सातौ श्रृङ्खलाको उपाधि अनिश तामाङले जित्नु भएको छ । उहाँले उपाधिसंगै नगत १० लाख सहित यामाहा बाइक प्राप्त गर्नु भएको थियो । उपबिजेता बन्नु भएको रोजिताले AITM College बाट ६ लाख बराबरको शैक्षिक छात्रवृत्ति र आकर्षक उपहारहरु प्राप्त गर्नु भएको थियो ।सातौ श्रृङ्खलाको उपाधी अनुपको टिमले हात पारेसंगै उहाँले रोडिजमा ह्याट्रिक पुरा गर्नु भएको छ । यो भन्दा अगाडी चौथो र छैठौ सिजनमा पनि अनुप कै टिमले उपाधी हात पार्न सफल भएको थियो । उक्त दुबै सिजनका बिजेताहरु सिक्किमबाट हुनुहुन्थ्यो ।...
पदम तामाङ जसलाई अनमोल केसि र सौगत मल्लको फिल्मबाट अफर आउदा पनि काम गर्न पाएनन् :

पदम तामाङ जसलाई अनमोल केसि र सौगत मल्लको फिल्मबाट अफर आउदा पनि काम गर्न पाएनन् :

समाचार
सामाजि सञ्जालमा अभ्यस्त मानिसहरु मध्ये पदम तामाङलाई नचिन्ने सायद कमै होलान् । सिक्किम निवासी पदम तामाङ अभिनित 'गोबर गणेश' यतिबेला सिनेमा हलहरुमा प्रदर्शनरत छ । यस अघि 'होस्टेल ३' चलचित्रबाट नेपाली सिने बजारमा डेब्यु गरिसक्नु भएका पदमले सिक्किममा नै बनेको फिल्म 'लिपस्टिक गोलाइ' बाट पहिलो पटक सिनेमाको अनुभव बटुली सक्नु भएको थियो। 'होस्टल ३' भन्दा पहिला उहाँलाई अहिले उहाँ कै फिल्म 'गोबर गणेश'संग भिडिरहेको 'भाइरल गोर्खे'बाट अफर आएको रहेछ । तर त्यसको लागी उहाँलाई मानसिक रुपमा तयार हुन गाह्रो भएछ । उहाँ भन्नु हुन्छ : "मैले अभिनयको तालिम लिएको थिएँ । न त एकैचोटि सौगात मल्लजस्तो दिग्गज कलाकारसँग स्क्रिन सेयर गर्ने आँट थियो । उहाँसँग काम गर्ने इच्छा कसलाई हुँदैन होला । त्यो मेरो लागि ठूलो अवसर थियो । तर त्यसबेला आँट गर्न सकिनँ।" 'हौस्टेल ३' सुपरहिट भयो अब उहाँको दोस्रो फिल्म 'गोबर गणे...