Monday, October 19News That Matters

Author: Rabikiran rai

एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश

एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश

Breaking News, खेलकुद, समाचार
अखिल नेपाल फुटबल संघ (एन्फा) को माघ २८ गते झापामा हुने तय भएको निर्वाचन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको एकल इजलासले निर्वाचनका सम्पूर्ण काम कारवाही अन्तिम टुङ्गो नलागुन्जेलसम्मको लागि यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘निवेदकहरुले अन्तरिम आदेशसमेत माग गरेको सम्बन्धमा हेर्दा, निज निवेदकहरु अखिल फुटवल संघको विधानबमोजिम २०७९ असार ६ गते  निर्वाचन सम्पन्न गरी निर्वाचित कार्य समितिको सदस्य रहेको देखिन्छ । उक्त निर्वाचित कार्य समितिको ४ वर्षको कार्यकाल बाँकी नै रहेको अवस्थामा विपक्षी एन्फा कार्य समितिको बैठकको मिति २०८२ पुस १६ गते निर्वाचन सम्बन्धी निर्णय एवं उक्त निर्वाचन गराउने सम्बन्धी सम्पूर्ण काम कारवाही प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागुन्जेलसम्मको लागि यथास्थितिमा राख्नु भनी व...
मिडल अर्डर चल्न नसक्दा हार व्यहोर्यौँ : कप्तान इन्दु

मिडल अर्डर चल्न नसक्दा हार व्यहोर्यौँ : कप्तान इन्दु

खेलकुद, समाचार
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आइसिसी महिला टी ट्वान्टी विश्वकप ग्लोवल छनोटमा थाइल्यान्डसँग मिडल अर्डरले चल्न नसक्दा हार व्यहोरेको बताएकी छिन्। ग्लोबल छनोटको पहिलो खेलमा थाइल्यान्डसँग आइतवार पराजित भएपछि कप्तान इन्दुले मिडल अर्डर चल्न नसक्दा ३०-४० रन कम भएको र हार व्यहोर्नुपरेको बताइन्। उनले ओपनिङमा बिन्दु रावल र सम्झना खड्काले राम्रो सुरुआत दिएको उल्लेख गरिन्। तर आफू, पूजा महतो र रुबिना क्षेत्रीले मिडल अर्डरमा राम्रो गर्न नसक्दा कम योगफलमा नै रोकिनु परेको उनको भनाइ छ। ओपनिङ साझेदारी राम्रो भएपछि पूजा र आफ्नो विकेट छिटै जाँदा समस्या भएको उल्लेख गरिन्। त्यसका कारण पनि ३०-४० रन कम भएको उनी बताउँछिन्। मिडल अर्डरले राम्रो गरेको भए १५० रनको योगफल पार हुने उनले उल्लेख गरिन्। आगामी खेलमा मिडल अर्डरले जिम्मेवार भएर खेल्नुपर्ने उनको भनाइ छ। कप्तान इन...
२ वर्षपछि एक्सन फिल्मबाट कमब्याक गर्दै आकाश

२ वर्षपछि एक्सन फिल्मबाट कमब्याक गर्दै आकाश

मनोरञ्जन
अभिनेता आकाश श्रेष्ठ २ वर्षयता फिल्ममा मुख्य भूमिकामा देखिएका छैनन् । यो बीचमा ‘बगान’, ‘हर्ष’ जस्ता फिल्ममा केमियो भूमिका र थुप्रै म्यूजिक भिडियोमा काम गरे पनि उनले फिल्ममा कमब्याकका लागि राम्रो स्क्रिप्टको प्रतीक्षा गरिरहेको बताउँदै आएका थिए । अब उनले आफूले खोजेको जस्तै स्क्रिप्ट पाएका छन् । र, २ वर्षपछि नयाँ फिल्ममा अनुबन्धित भएका छन् । उनले ‘जय शम्भु’ र ‘दान्भी’ जस्ता एक्सन फिल्म बनाएका रुपेश तामाङको नयाँ फिल्मबाट कमब्याक गर्न लागेका हुन् । माघे संक्रान्तिको अवसर पारेर बिहीवार दुई पक्षबीच कागजी सम्झौता भएको छ । नाम तय हुन बाँकी रहेको यो फिल्म एक्सनप्रधान हुने जनाइएको छ । निर्देशक तामाङका अनुसार फिल्ममा आकाश यसअघि नदेखिएको अवतारमा प्रस्तुत हुनेछन् । आगामी फागुनबाट छायांकन सुरु हुने यस फिल्ममा सुमन गजमेरको लेखन रहेको छ । उनले यसअघि बाबु-छोरीको कथामा फिल्म ‘रंगी’ लेखेका थिए ।...
धरनका मेयर हर्क साम्पाङको राजीनामा

धरनका मेयर हर्क साम्पाङको राजीनामा

Breaking News, राजनीति
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट उम्मेदवार बन्ने तयारीमा रहेका साम्पाङले आइतबार राजीनामा दिएका हुन् । उनले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिनका लागि संविधानको धारा २१६ को उपधारा ८ (क) बमोजिम नगरप्रमुखका पदबाट राजीनामा दिएको बताएका छन्। यसअघि आज नै बालेन साहले काठमाडौँ महानगरको प्रमुखबाट राजीनामा दिएका थिए ।...
बन्द भइसकेको पुस्तक पसल, टिकटक बनाउन थालेपछि दैनिक ५० हजार माथिको व्यापार

बन्द भइसकेको पुस्तक पसल, टिकटक बनाउन थालेपछि दैनिक ५० हजार माथिको व्यापार

टेक्नोलोजी, साहित्य
फुर्सदमा जति बेला पनि किताब पढ्ने रुचि । यही रुचिका कारण मोरङका तारा निधि रेग्मीले १४ वर्ष पहिला ‘किताब किरो’ नामक पुस्तक पसल सञ्चालनमा ल्याए । कोभिड १९ को महामारी ताका भने उनी पुस्तक पसललाई लिएर निकै निराश थिए । दिनभर दुई तीन हजारको पनि पुस्तक व्यापार हुन छाडेपछि पुस्तक व्यवसाय नै छाड्नु पर्ने हो कि भन्ने कुराले तनाव दिन्थ्यो । पुस्तक नबिक्नुको मुख्य कारण भने उनलाई टिकटकजस्ता सामाजिक सञ्जाल नै हुन् जस्तो लाग्थ्यो । उनी सुनाउँछन् “मानिसहरू मोबाइलमा स्क्रोल गरेर दिन बिताइ दिन्छन् । मोबाइल धेरै चलाउँदा मानिसहरूले किताब पढ्न छाडे भन्ने लाग्थ्यो । घरमा बच्चाहरूले टिकटक चलाएको देखेँ भने पनि गाली गरिदिन्थेँ ।” एक दिन उनले ‘शिक्षक मासिक’ पत्रिकाका सम्पादक राजेन्द्र दाहाललाई पुस्तक व्यवसाय नचलेको गुनासो पोखे । यसको मुख्य दोषी सामाजिक सञ्जाल भएको उनले तर्क गरेका थिए । सम्पादक दाहाल...
श्रद्धा कपुरको विवाह हल्लामा सामाजिक सञ्जालमा हलचल,

श्रद्धा कपुरको विवाह हल्लामा सामाजिक सञ्जालमा हलचल,

मनोरञ्जन
बलिउड अभिनेत्री श्रद्धा कपुर यतिबेला आफ्नो व्यावसायिक जीवनभन्दा बढी व्यक्तिगत सम्बन्ध र विवाहको चर्चाका कारण सामाजिक सञ्जालमा छाएकी छन्। श्रद्धाले आफ्ना कथित प्रेमी राहुल मोदीसँग चाँडै नै लगनगाँठो कस्न लागेको दाबीसहितका खबरहरू भाइरल भइरहेका छन्। विशेष गरी राजस्थानको उदयपुरमा उनीहरूको भव्य विवाह हुन लागेको दाबीसहितका पोस्टहरू सार्वजनिक भएपछि यसले थप चर्चा पाएको हो। यही चर्चाका बिच श्रद्धाका दाजु एवं अभिनेता सिद्धान्त कपुरले निकै रोचक प्रतिक्रिया दिएका छन्। इन्स्टाग्राममा भाइरल भइरहेको विवाहको एक पोस्टमा कमेन्ट गर्दै सिद्धान्तले लेखेका छन्, ‘यो त मेरो लागि पनि न्यूज (समाचार) हो।’ उनले अचम्मित भएको र हाँसेको इमोजीसहित दिएको यो प्रतिक्रियाले श्रद्धाको विवाहको हल्लामा तत्कालका लागि पूर्णविराम लगाउन खोजेको देखिए पनि फ्यानहरू भने अझै आश्वस्त हुन सकेका छैनन्। गत हप्ता श्रद्धा आफैँ...
निर्वाचनमा रविलाई लखेट्ने महेश बस्नेतको चेतावनी

निर्वाचनमा रविलाई लखेट्ने महेश बस्नेतको चेतावनी

Breaking News, राजनीति
नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बहिष्कार गर्ने बताएका छन् । काठमाडौँमा आयोजित पार्टीको निर्वाचन केन्द्रित विशेष जनसभामा बोल्दै बस्नेतले यस्तो बताएका हुन् । उनले लामिछानेलाई सहकारी ठगको आरोप लगाउँदै निर्वाचनमा बहिष्कार गर्ने, लखेट्ने योजनासहित एमाले अघि बढ्नेसमेत बताएका छन् । ‘…सहकारी ठग रवि लामिछाने बहिष्कार । उनलाई लखेट्ने हो । यसपालिको आन्दोलनको एजेण्डा यही हो ।’, बस्नेतले भने, ‘१० वटा मुद्दा बोकेर हिँडेको छ । ४, ५ वटा श्रीमती लिएर हिँडेको छ ।’ त्यस्तै, उनले लामिछाने विभिन्न मुद्दामा जेलिएको भन्दै उनीलाई नेपाली जनताले निर्वाचनमा साथ नदिने समेत दाबी गरेका छन् ।...
नचिनेको हाकिम (लघु कथा)

नचिनेको हाकिम (लघु कथा)

साहित्य
एक व्यक्ति आफ्नो कामको सिलसिलामा एउटा सरकारी कार्यालय पुग्छन् । कार्यालयको सोधपुछ फाँटमा गएर आफ्नो कामका बारेमा जानकारी गराउँछन् । कार्यालयमा सहजकर्ताको रूपमा बसेका कर्मचारीले उसलाई एउटा निवेदन लेख्नु अनि ऊ त्यो पल्लो कोठामा हाकिम साहेबलाई तोक लगाउनु अनि सँगैको कोठामा जानुस् तपाईंको काम हुन्छ भनेर सिकाइदिन्छन् । ती कर्मचारीले भने जसरी ती व्यक्ति निवेदन लेख्छन् र हाकिमको कोठामा पस्छन् । पसेको कोठामा दुई वटा टेबुल राखिएको हुन्छ । एउटा टेबुलमा साधारण पोसाकमा एउटी महिला कम्प्युटरमा काम गरिरहेकी हुन्छिन् । अर्को टेबुलमा कुर्सी खाली अवस्थामा हुन्छ र ती मानिस कोठामा पस्छन् र खाली घुम्ने मेच भएको सँग एउटा अर्को साधारण मेच राखिएको हुन्छ । ती मानिस त्यो साधारण मेचमा गएर हाकिम बस्ने कुर्सी यही हो भनेर सँगैको खाली कुर्सीमा बस्छन् र हाकिम आउने प्रतीक्षामा रहन्छन् । त्यसरी आफ्नो कोठामा एउट...
म चिया लभर ( कविता )

म चिया लभर ( कविता )

साहित्य
चट्ट आधा चम्चा चिनी हालेरचियापत्ती र पानीमा घोलीएक गिलास चिया चुस्की हान्दैचिसिदै गरेको चाखलाग्दो साझमाचियाउदै छु चित्त नबुझेको जीवनलाई ।चिटिक्क परेको मान्छेलाईचिनेको नचिनेको सबैलाईचट्ट हेर्दै, चियाको चुस्की हान्दैचुर्लुम्म डुब्दैछु अन्योलको भविष्यमा । अर्को चुस्की चियायस पटक फरक स्वादमाचार दिन अघि चार बजे तिरको कुरा सम्झिँदैघरको चोकमा चोरीको नाममाचुरा बजार्दै चुसिएको काइलालाईचौपटै पार्ने गरी चड्काएका थिएचान्दनी आन्टीले । तेस्रो, चौथो चुस्कीसँगका बातहरुचुर्ना परेका समाजका नकचराहरुलाई समर्पितजस्ले न चरालाई निस्फिक्री उड्न दिन्छन्न चराझै उड्न चाहने कलिला सपनाहरुलाईमात्र आफ्नै चाहना अरुमा थोपार्दै जान्छन् । अन्तिम चियाको चुस्कीन जीवनमा सुखीका रस आए झै लाग्छन जीवनले जिउने जीउ पाएछ झैसायद चिया जस्तै रहेछ साराको जीवन,हरेक जीवनका चुक्सी लोभलाग्दो त हुने तरतर अन्त्मा रित्तो गि...
बैंकको आँगनमा ५०औँ ग्लोबल हाट बजार

बैंकको आँगनमा ५०औँ ग्लोबल हाट बजार

Featured
ग्लोबल आइएमई बैंकद्वारा स्थानीय लघु, साना तथा मझौला उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार ५०औँ ग्लोबल हाट बजार आयोजना गरेको छ । सबैको निरन्तर उत्साह र सक्रिय सहभागिताले नै साप्ताहिक कार्यक्रमलाई स्थानीय उद्योगका लागि आफ्ना रैथाने दिगो उत्पादनहरू प्रदर्शन गर्ने एक प्रभावकारी माध्यम बनाएको बैंकले जनाएको छ । ५०औँ संस्करणमा आइपुगेकोमा यात्रा सुखद बनेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बताउनुभयो । कार्यक्रममा साथ दिने र सहभागी हुने सम्पूर्ण व्यक्ति तथा उद्यमीहरूलाई उहाँले धन्यवादसमेत दिनुभयो । ग्लोबल हाट बजार प्लेटफर्मले साना र मझौला उद्यमलाई डिजिटल भुक्तानीतर्फ अभ्यस्त गर्दै उनीहरूको व्यापारलाई थप सहज र सुरक्षित बनाउने अभ्यासका रूपमा पनि काम गर्नेमा विश्वस्त रहेको उहाँको भनाइ थियो ।...