Monday, October 19News That Matters

Author: Rabikiran rai

मेरो प्यारो ओखलढुंगा…

मेरो प्यारो ओखलढुंगा…

पर्यटन, समाचार
युगकवि सिद्धिचरण श्रेष्ठले ओखलढुंगाको अनुपम सौन्दर्य र विशिष्टतालाई समेटेर कविता कोरे– ‘मेरो प्यारो ओखलढुंगा…।’ कविका शब्दहरूले भनेझैं, ओखलढुंगा साँच्चै सुन्दर र मनमोहक छ । आज पनि यहाँको माटोको सुगन्ध, हरियाली फाँट र जीवनको सरल सौन्दर्य उत्तिकै जीवन्त छ । यद्यपि, यसको विशेषता र सुन्दरतालाई केवल शब्दमा बयान गर्न असम्भव छ । मैले फोटोग्राफीको यात्रा थाल्दा एउटा सपना थियो– कुनै दिन आफ्नै जन्मभूमिको हरेक कुनामा पुग्ने र ती गाउँ, फाँट, चौतारी, खोला–झरना तथा बादलबीच लुकेका सौन्दर्यहरूलाई क्यामेरामा कैद गर्ने । खुसीको कुरा, त्यो सपना अब बिस्तारै साकार हुँदैछ । पहाडमाथिबाट सूर्यको पहिलो किरण झर्दा रुम्जाटार उज्यालिन्छ । हरियाली टारहरूमा हावासँग खेल्ने धानका बालाहरूमा समृद्धिको सुगन्ध मिसिन्छ । बिहानको घाममा ती सुनौला बालाहरू टल्कँदा ओखलढुंगाको वास्तविक आत्मा झल्किन्छ । ख...
गर्भावस्थामा स्टाइल र आरामको मेल : म्याक्सी, कुर्ता र म्याटर्निटी वियर

गर्भावस्थामा स्टाइल र आरामको मेल : म्याक्सी, कुर्ता र म्याटर्निटी वियर

लाइफ स्टाइल
गर्भावस्थाको समयमा महिलाको शरीरमा धेरै शारीरिक तथा हर्मोनल परिवर्तनहरू हुन्छन् । यसो हुँदा आरामदायी कपडाको छनोट झन् महत्त्वपूर्ण हुन्छ । यस अवधिमा गर्भवती महिलाले आफूलाई राम्रो र आत्मविश्वासी महसुस गर्नुपर्छ, तर स्वास्थ्यलाई पनि प्राथमिकता दिनु आवश्यक हुन्छ । गर्भावस्थामा फेसनसँग सम्झौता गर्नुपर्ने आवश्यकता छैन: बरू सही म्याटर्निटी वियर छानेर सजिलै स्टाइलिश देखिन सकिन्छ । र, दिनभरि आराम पनि महसुस गर्न सकिन्छ । लुज र हावा पास हुने कपडा लगाउनु सबैभन्दा राम्रो विकल्प हो । हल्का, स्ट्रेचेबल र छालामैत्री कपडाको प्रयोगले शरीरलाई आराम दिन्छ, विशेष गरी सुन्निने र ढाड दुख्ने जस्ता समस्याबाट बचाउँछ । साथै, गर्भावस्थामैत्री ड्रेसहरू, कुर्तीहरू, पलाजो र स्टाइलिश मैक्सी ड्रेसले लुकलाई थप आकर्षक बनाउन सक्छ । गर्भावस्थाको बेला सही जुत्ता छान्नु पनि जरुरी हुन्छ ताकि खुट्टा सुन्निने समस्या नह...
‘शिवांश’को ‘बैँस भुसुक्कै’ गीतमा नाचे तेज र विमला

‘शिवांश’को ‘बैँस भुसुक्कै’ गीतमा नाचे तेज र विमला

मनोरञ्जन, समाचार
हाशिवरात्रिको दिन पारेर फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘शिवांश’को पहिलो गीत ‘बैँस भुसुक्कै’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित यस गीतमा राजनराज सिवाकोटी र समीक्षा अधिकारीले स्वर दिएका छन् । राजनराज र सरोज रञ्जितकारको शब्द रचना रहेको गीतमा राजनराज स्वयंले संगीत भरेका छन् । भाग्य, मायामोह, आकर्षण जस्ता भावनात्मक पक्षहरू समेटिएको गीतमा प्रेमी-प्रेमिकाले एकअर्कालाई गरेको तारिफ सुन्न सकिन्छ । मौलिक शब्दको प्रयोगले गीतमा मिठास थपेको छ । विक्रम चौहानको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू तेज गरी, विमला लिम्बू र बारत लिम्बूले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको फिल्मको निर्देशन सन्तोष कुमार आत्रेयले गरेका हुन् । अञ्जान केसीको लगानी र कथा लेखन रहेको यस फिल्ममा तेज, विमला र बारतसहित प्रवीण खतिवडा, रुषा न्यौ...
लघु कथा : आस्था

लघु कथा : आस्था

साहित्य
आस्था र विश्वासको विवाहा धुमधामसँग भयो। दुवैको विवाहमा जन्ती पनि प्रसस्तै थिए।दुवैको माया प्रीतिले विवाह बन्धनमा बाँधिएकोले होला यिनीहरुको माया ममता पनि निकै कसिलो थियो। एक आपसमा छुटाउ नै नसक्ने माया बन्धन थियो यो। केही महिना यी जोडीले आफ्नो घरमै आरामले दिन गुजारे। समय क्रमसँगै बिदेश गै केही अर्थोपार्जनको चाजोपाजो मिलाउने विचार भयो। यसपछि विश्वास धन कमाउन उत्तर देशतिर लाग्यो। विश्वासले उत्तर देशमा गएर विकास निर्माण खेती प्रविधि आदि धेरै कुरामा योगदान गर्‍यो। मन्दीरहरु बनायो। असाध्य धेरै कलात्मक मन्दिरहरु बनाइसकेपछि त्यस देशको राजाबाट त्यही बस्न उनलाई आग्रह गरिएको थियो। तरपनि विश्वास त्यहा बसेनन्। आस्थाको मायाले फर्की आफ्नै देश आए। खसमको आगमनले आस्था धेरै खुसी भइन्। विश्वास र आस्थाको देशमा सन्तवीर, बलवीर र तसवीर नामका तीन बृद्ध बाहरुले पालै पालो राजकाज गर्दै आएका थिए। व...
५२ करोड लेनदेनकोझुटो आरोपमा दुर्गा प्रसाईंलाई कारबाही गर्न साइबर अपराधमा पत्राचार

५२ करोड लेनदेनकोझुटो आरोपमा दुर्गा प्रसाईंलाई कारबाही गर्न साइबर अपराधमा पत्राचार

टेक्नोलोजी, राजनीति, समाचार
निर्वाचन आयोगले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । आयोगका बारेमा मिथ्या तथा भ्रामक सूचना फैलाएको भन्दै आवश्यक कारबाहीका लागि आइतबार पत्र पठाइएको हो । शनिबार आयोजित एक पत्रकार सम्मेलनमा प्रसाईंले गगनकुमार थापा नेतृतको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता दिंदा ५२ करोड रुपैयाँको लेनदेन भएको दाबीसहितको अपुष्ट भिडिओ सार्वजनिक गरेका थिए । सोही भिडिओ र प्रसाईंको भनाइलाई आधार बनाएर विभिन्न सामाजिक सञ्जालका पेजले भ्रामक सामग्री पोस्ट गरेपछि आयोगले कानुनी कदम चालेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले संस्थाको गरिमामा आँच पुऱ्याउने गरी गलत सूचना प्रवाह गरिएकाले कारबाहीका लागि आग्रह गरिएको जानकारी दिए । “आयोगका विषयमा मिथ्या सूचना फैलाइएकाले हामीले साइबर ब्युरोलाई आवश्यक कारबाहीक...
यस्तो छ नेपालमा साओमीको नयाँ मूल्यसूची

यस्तो छ नेपालमा साओमीको नयाँ मूल्यसूची

टेक्नोलोजी
नेपालका लागि साओमीको आधिकारिक वितरक वत्सल इम्पेक्स प्रालिले स्मार्टफोन र ट्याब्लेटहरूको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । कम्पनीले १६ जनवरी २०२६ देखि लागु हुने गरी सार्वजनिक गरेको यो सूचीमा इन्ट्री-लेभलदेखि प्रिमियम फ्ल्यागशिप फोनहरूसम्म समावेश छन् । नयाँ मूल्यसूची अनुसार साओमीका फोनहरू १२,४९९ रुपैयाँदेखि सुरु हुन्छन् । सामान्य प्रयोगकर्ताका लागि रेड्मी ए५ (३/६४ जीबी) को मूल्य १२,४९९ रुपैयाँ तोकिएको छ भने ४/१२८ जीबी भेरियन्टको मूल्य १३,४९९ रहेको छ । त्यस्तै, आकर्षक डिजाइन सहितको रेड्मी १४ सी र रेड्मी १५ सी मोडेलहरू पनि बजेट रेन्जमा उपलब्ध गराइएको छ । चर्चामा रहेको रेडमी नोट १४ सिरिजनेपाली बजारमा अत्यधिक रुचाइने रेड्मी नोट सिरिज अन्तर्गत कम्पनीले नोट १४ का विभिन्न भेरियन्टहरू सार्वजनिक गरेको छ । जसमा रेड्मी नोट १४ फोरजी ६र१२८ जीबीको मूल्य २३,९९९ रुपैयाँ र ८र२५६ जीबीको ...
नीलसागर सेवाश्रममा सुबिसुको निःशुल्क वाई-फाई

नीलसागर सेवाश्रममा सुबिसुको निःशुल्क वाई-फाई

टेक्नोलोजी, समाचार
इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत नीलसागर सेवाश्रममा निःशुल्क वाई-फाई जडान गरेको छ । नीलसागर सेवाश्रम एक वृद्धाश्रम तथा अनाथाश्रम हो । जहाँ हाल २५० भन्दा बढी वृद्ध बुबा-आमा तथा बालबालिकाहरूले आश्रय पाएका छन् । जसमा ८० भन्दा बढी बालबालिका र १५० भन्दा बढी वृद्ध-वृद्धा रहेका छन् । सुबिसुले प्रदान गरेको यो निःशुल्क वाई-फाई केवल इन्टरनेटको कनेक्सन मात्र नभई उनीहरूलाई समाज र संसारसँग जोड्ने एउटा महत्त्वपूर्ण माध्यम पनि भएको कम्पनीले जनाएको छ । "यसले सूचना, शिक्षा, मनोरञ्जन र आत्मीय सम्पर्कको अवसर प्रदान गर्दै उनीहरूको दैनिक जीवनलाई सहज बनाउने अपेक्षा गरिएको छ," कम्पनीले भनेको छ । सुबिसुले यसै वर्ष कम्पनीले बंशी राम जैसवाल अनाथ आश्रम, गरुडा तथा अमृता अनाथ आश्रम, कलैयामा राहत तथा आवश्यक सामग्री वितरण गरेको थियो । जसम...
नेपाल टेलिकमको कल आफैँ काटिने समस्या, समाधानको प्रयासमा कम्पनी

नेपाल टेलिकमको कल आफैँ काटिने समस्या, समाधानको प्रयासमा कम्पनी

टेक्नोलोजी
नेपाल टेलिकमको भ्वाइस ओभर एलटीई (भोल्टे) मा नेटवर्कको समस्या देखिएको छ । कम्पनीले आंशिक नम्बरमा मात्रै यस किसिमको समस्या देखिएको दाबी गरेको हो । कम्पनीका सहायक प्रवक्ता प्रक्षेत थापाका अनुसार फोरजी नेटवर्क प्रयोग गरेर गरिने भ्वाइस कलमा यस्तो समस्या देखिएको छ । यद्यपि सबै नम्बरमा नभई आंशिक नम्बरमा मात्रै नेटवर्कको समस्या देखिएको दाबी उनले गरे । ग्राहकहरूले कल गर्दा लाग्ने तर केही सेकेन्डमै स्वतः कल काटिने गरेको गुनासो गरिरहेका छन् । प्राविधिक टोलीले समस्या पहिचान गर्ने काम गरिरहेको र चाडै नै समाधान हुने थापाले जानकारी दिए । "आंशिक भोल्टे सेवा बाहेक फोरजी, टुजी र थ्रीजीमा समस्या छैन," उनले भने । ...
कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने

कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने

खेलकुद
कोशी प्राइड प्रा.लीले आयोजना गर्ने टी–२० कोशी प्राइड लिग (केपिएल) तेस्रो संस्करणको अक्सन सम्पन्न भएको छ । विभिन्न सात फ्रेन्चाइज टिमले ९ देखि २१ फागुनसम्म सुनसरीमा हुने प्रतियोगिताको लागि अक्सनबाट समान १२ खेलाडी अनुबन्ध गरेका छन् । यस्तै, हरेक टिमले ड्राफबाट तीन देखि ६ खेलाडीसम्म अनुबन्ध गरेका छन् । शनिबार भएको अक्सनमा २३२ खेलाडी समावेश थिए । क्याटगोरी ‘ए’ मा ३४, क्याटगोरी ‘बी’ मा ९५ तथा क्याटगोरी ‘सी’ मा १०३ खेलाडी रहेका छन् । २३२ खेलाडी मध्ये ८४ खेलाडी बिक्री भएका छन् । आयोजक कोशी प्राइड प्रा.लीका निर्देशक अफजल हुसैनका अनुसार अक्सनमा क्याटगोरी ‘ए’ को मुल्य न्युनतम ४५ देखि ६५ हजारसम्म, क्याटगोरी ‘बी’ को लागि २५ देखि ४५ हजारसम्म तथा क्याटगोरी ‘सी’ को मुल्य पाँच हजारदेखि २५ हजारसम्म तोकिएको थियो । प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको छ भने कोशी प्रदेश क्रिकेट ...
न्यु डायमण्ड च्याम्पियन

न्यु डायमण्ड च्याम्पियन

Featured, खेलकुद
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सम्पन्न फाइनल खेलमा पुलिस २५–२२, २५–१८, १५–२५ र २७–२५ ले पराजित भयो । गत पुस १८ गते सम्पन्न नवौं एनभिए च्याम्पियनसिपमा पनि पुलिसलाई हराउँदै न्यु डायमण्ड च्याम्पियन बनेको थियो । त्यतिबेला न्यु डायमण्डले ३–० को सोझो सेटको विजयी हासिल गरेको थियो । विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै न्यु डायमण्ड स्पोर्टस क्लबले शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सम्पन्न फाइनल खेलमा पुलिस २५–२२, २५–१८, १५–२५ र २७–२५ ले पराजित भयो । गत पुस १८ गते सम्पन्न नवौं एनभिए च्याम्पियनसिपमा पनि पुलिसलाई हराउँदै न्यु डायमण्ड च्याम्पियन बनेको थियो । त्यतिबेला न्यु डायमण्डले ३–० को सोझो सेटको विजयी हासिल गरे...