Monday, October 19News That Matters

Author: Rabikiran rai

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

Featured, Uncategorized, लाइफ स्टाइल
सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निपाह सङक्रमण नेपालमा भित्रिन नदिन उच्च सतर्कता अपनाइएको जानकारी दिए । उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र भारतसँग सीमा जोडिएका नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिको परीक्षण सुरु गरेको बताए । प्रवक्ता बुढाथोकीले निपाह भाइरस सङ्क्रमण लागेका व्यक्तिलाई समयमा उपचार नगेको खण्डमा मृत्यु समेत हुन सक्ने बताए । उनका अनुसार निपाह भाइरस सङ्क्रमणको मृत्युदर ३० देखि ३३ प्रतिशत रहेको छ । निपाह भाइरस सङ्क्रमण सुँगुर, चमेरा र सङ्क्रमित मानिसबाट सर्ने गर्दछ ।...
आसन्न निर्वाचनमा एक थाेपा रगत बग्नु भएन : प्रधानमन्त्री

आसन्न निर्वाचनमा एक थाेपा रगत बग्नु भएन : प्रधानमन्त्री

Featured, राजनीति
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको बताएकी छन् । शुक्रवार सशस्त्र प्रहरी बलको २५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले सुरक्षा चुनौतिहरु समयानुसार परिवर्तन भइरहेको बताए । निर्वाचनका लागि सबै सुरक्षा अंग परिचालनको निर्णय पनि गरिसकेको बताइन् । निर्वाचनमा एक थोपा पनि रगत बग्नु नहुने र कोही पनि घाइते हुन नहुने भन्दै त्यसैअनुसार सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिइन् ।...
रुबिनाको १००० रन पुरा सिता राना मात्र ८ रनले पछि

रुबिनाको १००० रन पुरा सिता राना मात्र ८ रनले पछि

Uncategorized, खेलकुद
नेपाली महिला क्रिकेट टिमकी पूर्वकप्तान रुबिना क्षेत्रीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन पूरा गर्नुभएको छ । बिहीबार नेदरल्यान्ड्सविरुद्ध भएको खेलमा अविजित ३७ रन बनाउँदै उहाँले उक्त उपलब्धि हासिल गर्नुभएको हो । तर व्यक्तिगत ऐतिहासिक कीर्तिमान पूरा भए पनि रुबिनाको अनुहारमा खुशी देखिएन । कारण, नेदरल्यान्ड्ससँग नेपाल केवल २ रनले पराजित हुन पुग्यो । जित नजिक पुगेर नतिजा हातबाट फुत्किँदा निकै पीडा भएको रुबिनाले खेलपछि बताउनुभयो । १४१ रनको लक्ष्य पछ्याइरहेको नेपाललाई अन्तिम तीन ओभरमा ४४ रन आवश्यक थियो भने ३ विकेट मात्र बाँकी थिए । यस्तो अवस्थामा नेदरल्यान्ड्सजस्तो सशक्त टोलीविरुद्ध नेपाल जित नजिक पुग्ला भन्ने अपेक्षा कमैले गरेका थिए । तर यही कठिन परिस्थितिमा रुबिना क्षेत्री र सिता राना मगरले आठौँ विकेटका लागि उत्कृष्ट साझेदारी गर्दै नेपालको आशा जीवित राख्नुभयो । अठारौ...
नायिका पूजा शर्माको आइटम डान्स

नायिका पूजा शर्माको आइटम डान्स

Featured, What's Hot, मनोरञ्जन
नायिका पूजा शर्माले २ दिन लगाएर एउटा आइटम डान्स सिध्याउनु भएको छ । चलचित्र 'कल्ली'मा समावेश 'क्या राम्री...' बोलको उक्त आइटम गीतको छायांकन चोभारमा रातको समयमा गरिएको थियो । उक्त गीतको छायांकन सकेसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्माता किरण नेपालीले जानकारी गराउनु भयो । करिअरमै पहिलो पटक आइटम डान्स गर्न पाउँदा खुशी लागेको पूजाले बताउनु भयो । यो गीतको भिडियोमा पूजाको साथमा नायक उत्तम प्रधान, किरण श्रेष्ठ र कलाकार सुलक्षण भारतीले नृत्य गर्नु भएको छ । लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको यो 'कल्ली'मा लक्ष्मण सुनारको कथा र निर्देशन, महेश दवाडीको लेखन रहेको छ । यो चलचित्रले फागुन १ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।...
युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षलाई बालेनले रास्वपामा भित्र्याए

युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षलाई बालेनले रास्वपामा भित्र्याए

Breaking News
नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष र उपाध्यक्ष रास्वपामा प्रवेश गरेका छन् । रास्वपाका वरिष्ठ नेता बालेन शाहले युवा संघका अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङलाई पार्टीमा स्वागत गरेका हुन् । एमाले अध्यक्ष केपी ओलीसँग झापा ५ मा चुनावी मैदानमा उत्रिएका शाहले मतदातासँग भेटवार्ता अघि बढाएका छन् । अध्यक्ष खतिवडाले परिवर्तनलाई आत्मसात् गर्दै अब बाँकी राजनीतिक जीवन स्वतन्त्र रूपमा बिताउने बताए। उनले झापा(५ मा वैकल्पिक र परिवर्तनकारी राजनीतिक धारलाई समर्थन गर्न बालेन शाहको अभियानमा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।...
माघ १० गते भृकुटीमण्डपमा ‘कुमारी’ काे भव्य कन्सर्ट

माघ १० गते भृकुटीमण्डपमा ‘कुमारी’ काे भव्य कन्सर्ट

मनोरञ्जन
चलचित्र ‘कुमारी’ ले आगामी माघ १० गते भृकुटीमण्डमा भव्य कन्सर्ट गर्ने भएको छ । माघ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको उक्त चलचित्रका टिमले हाल प्रचार प्रसारलाई तिब्र बनाएको छ । निर्माण टिमले शनिबार साँझ ५ बजेदेखि भृकुटीमण्डपको खुला स्थानमा भव्य साङ्गीतिक कार्यक्रम गर्न लागेको हो। सोही कन्सर्टमा चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ। ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रको मुख्य कलाकारहरू अबिशेक खड्का, आकृति राजभण्डारीका साथै निर्देशक दिनेश राउत र अन्य केही सेलिब्रेटीको उपस्थिति रहने जनाइएको छ।...
इन्फ्लुएन्जा Flu बाट बच्न अनुरोध

इन्फ्लुएन्जा Flu बाट बच्न अनुरोध

What's Hot, टेक्नोलोजी, लाइफ स्टाइल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लू)बाट बच्न आग्रह गरेको छ । मन्त्रालयले चिसो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो । जाडोमा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धासमेत सबै उमेरका व्यक्तिलाई फ्लू लाग्न सक्छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विशेष गरि बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा इन्फ्लुएन्जा भाइरस सङ्क्रमणको सम्भावना बढी हुने गरेको बताए । उनका अनुसार फ्लू भएका अधिकांश व्यक्तिलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधि आवश्यक नपर्ने हुन्छ । तर दीर्घ रोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई फ्लूले धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले त्यस्ता व्यक्तिलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने हुन्छ ।...
सञ्चारमन्त्री जगदीश खरेलले  राजीनामा दिनु भयो

सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिनु भयो

Breaking News, Featured, Uncategorized, राजनीति
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा बुझाउनु भएको छ । बालुवाटार पुगेर उहाँले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र बुझाउनु भएको थियो । खरेल रास्वपाबाट ललितपुरको क्षेत्र नम्बर २ मा चुनाव लड्दै हुनुहदैछ ।
साफ महिला फुटसल च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित

साफ महिला फुटसल च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित

Breaking News, खेलकुद
थाइल्याण्डमा जारी साफ महिला फुटसल च्याम्पियनसिप अन्तर्गत आज सोमबार भएको खेलमा नेपाल बंगलादेश सँग ३ शून्य गोलअन्तरले पराजित भएको छ । यस अघिका तीन खेलमा नेपालले श्रीलंकासँग बराबरी खेलेको थियो भने बिहीबार माल्दिसलाई हराएको थियो । शनिबार भारतसंगको खेलमा ८ एक गोलले पराजित भएको थियो । अब नेपाली महिला टोलीले बुधबार पकिस्तानको सामाना गर्ने छ ।...
सवित्रा भण्डारी साम्बा

सवित्रा भण्डारी साम्बा

खेलकुद, समाचार
कुनै समय गाउँमा दाइहरुसंग खेतका गराहरुमा झुम्रे गोली खेल्दै फुटबल खेलका थोरै थोरै तौरतरिकासंग अभ्यस्त छोरी मान्छे पछि गएर साम्बा उपनामले देशको नाम नै उज्वल पार्छ भनेर सायद कसैले सोच्ने फुर्सद नै पाएनन् होला । बि.सं. २०५४ सालको जेठ १० गते लमजुङ जिल्लाको सिमपानी गाउँमा जन्मनु भएकी सावित्रा भण्डारीको बाल्यावस्था अन्य महिलाहरूको जस्तै दैनिकीमा बित्ने गर्दथ्यो । आमाबुवालाई घरायसी काममा सहयोग गर्ने, घाँस दाउरा गर्ने र यस बिचमा उहाँले आफ्नो पढाईलाई पनि बिर्सनु भएन । फुर्सद मिल्यो कि कपडाको गोल संग समय बित्थ्यो उहाँको। दशैँ ताका गाउँमा हुने खसी तथा भाले कप फुटबल प्रतियोगिताहरूमा उहाँ गाउँकै ठूला दाइहरूको टोलीमा मिसिएर खेल्नु भएको किस्साहरु उहाँ कहिलेकाही सम्झनु हुन्छ । त्यसरी नै उहाँको फुटबलप्रतिको मोह अझ बढदै गएको देखिन्छ । २०७१ सालको दशैं अघि लमजुङ जिल्लाको धनपोखरामा महिला फ...