
हिमालयन टेलिभिजनबाट प्रसारण हुदै आइरहेको ‘यामाहा हिमालय रोडिज’को सातौ श्रृङ्खलाको फाइनल पुस १४ गते सोमबार सम्पन्न भएको छ । फाइनलमा टिम लिडर अनुपबिक्रम शाहीका दुई प्रतियोगीहरु रोजिता लामा र अनिश तामाङले उपाधीका लागी प्रतिस्पर्दा गर्नु भएको थियो । अनिश नेपाली सेनामा सेवारत हुनुहुन्छ भने रोजिता फिटनेस ट्रेनर हुन् ।
यो सातौ श्रृङ्खलाको उपाधि अनिश तामाङले जित्नु भएको छ । उहाँले उपाधिसंगै नगत १० लाख सहित यामाहा बाइक प्राप्त गर्नु भएको थियो । उपबिजेता बन्नु भएको रोजिताले AITM College बाट ६ लाख बराबरको शैक्षिक छात्रवृत्ति र आकर्षक उपहारहरु प्राप्त गर्नु भएको थियो ।
सातौ श्रृङ्खलाको उपाधी अनुपको टिमले हात पारेसंगै उहाँले रोडिजमा ह्याट्रिक पुरा गर्नु भएको छ । यो भन्दा अगाडी चौथो र छैठौ सिजनमा पनि अनुप कै टिमले उपाधी हात पार्न सफल भएको थियो । उक्त दुबै सिजनका बिजेताहरु सिक्किमबाट हुनुहुन्थ्यो ।