केपी ओली र बालेन शाहबीचको सम्भावित चुनावी भिडन्तले झापा–५ तातेको छ ।
नेकपा एमाले अध्यक्ष ओली २०४८ सालदेखि यही क्षेत्रबाट चुनाव लड्दै आएका छन्। २०६४ साल बाहेक उनी सधैँ विजयी हुँदै आएका छन् र यसपटक पनि झापा–५ बाट एकल सिफारिसमा परेका छन् ।
यता, ‘जेनजी आन्दोलन’पछि चर्चामा आएका काठमाडौं महानगरका मेयर बालेन शाहले ओलीलाई हराएर भावी प्रधानमन्त्री बन्ने दाबी गर्दै यही क्षेत्रबाट चुनाव लड्ने तयारी तीव्र पारेका छन्। उनले दमक–५ मा घर भाडामा लिएर चुनावी गतिविधि सुरु गरिसकेका छन् ।
बालेनको समर्थनमा रास्वपा कार्यकर्ता सक्रिय बनेका छन् भने कलाकार तथा निर्देशक निश्चल बस्नेतसहितको टोली पनि दमक पुगेको छ ।...
