Monday, October 19News That Matters

भुटानी ड्रागन गलले भारतीय महिला टिमलाई २ एक गोलले पराजित गर्यो

SAFF Women’s Futsal Championship 2026 मा भुटानी ड्रागन गलले भारतीय महिला टिमलाई २ एक गोलले पराजित गरेको छ । यो जीतसंगै भुटानी महिला टिम ११ अंकको साथ तालिकाको दोस्रो सथानमा उक्लिएको छ । १३ अंकको साथ बंगलादेश पहिलो र ९ अंकको साथ भारत तेस्रो स्थानमा छ ।

भुटानको महिला टिमले आफ्नो पहिलो खेलमा पाकिस्तानसंग १ एक गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा पनि बंगलादेशसंग ३ तीन गोलको नतिजा निकाल्दै अंक बाढेको थियो । तेस्रो खेलमा श्रीलंकालाई ५ एक गोल अन्तरले पराजित गर्यो । त्यस्तै आफ्नो चौथो खेलमा मल्दिभ्सलाई ४ दुई गोलले पराजित गरेको थियो ।

भुटानले अब आफ्नो अन्तिम खेल आइतबार नेपालसंग खेल्ने छ । फाइनल पुग्न उक्त खेल भुटानले जित्नै पर्ने हुन्छ किन कि तेसा्रे स्थानमा रहेको भारतले अन्तिम खेल श्रीलंकसंग खेल्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *