Monday, October 19News That Matters

एक वर्षमै प्रकाश सपूतका चार वटा फिल्म फ्लप भएपछि…

गायनमा लोभ लाग्दो चर्चा कमाइ रहदा प्रकाश सपूतले ‘परदेशी २’बाट फिल्ममा डेब्यु गर्नु भएको थियो । उहाँको डेब्यु फिल्म हिट भयो । उहाँको दोस्रो फिल्म ‘पूर्णबहादुरको सारंगी’ले त इतिहास नै रच्यो । तर उहाँ आफैंले निर्देशन र अभिनय गर्नु भएको फिल्म ‘वसन्त’ नराम्ररी डुब्यो ।

उहाँका लागि यस वर्ष अझ निराशाजनक बनेको छ । यो वर्ष प्रकाश सपुतका चार फिल्म ‘हरिबहादुरको जुत्ता’,‘माइतीघर’,‘सोल्टिनी’ र ‘मिरमिरे’ प्रदर्शन भइसकेका छन् । त्यसमध्ये ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ले ४ करोडको आँकडा पार गरे पनि लगानी सुरक्षित गर्न सकेनन् ।

‘सोल्टिनी’को अवस्था त हरिविजोग नै रह्यो । यसले ३० लाख पनि कमाएन । यतिबेला प्रदर्शन भइरहेको ‘मिरमिरे’को व्यापार पनि ४० लाख आसपासमा अड्किएको छ । भन्नेहरु भन्ने गर्छन्, गत वर्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेपछिको असर हो यो भनेर ।

एक वर्षमै चारवटा फिल्म फ्लप भएपछि उहाँदेखि निर्माताहरू तर्किन थालेका हल्लाहरु सिने बजारमा चल्न थालेको छ ।

के यी फिल्महरु प्रकाश सपुत भए कै कारणले नचलेका हुन ? वा फिल्मका अरुनै कारणहरुले ? त्यो बिषय भने सोचनिय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *