Monday, October 19News That Matters

पल र बेनिशा छुट्टा छुट्टै कथा लिएर एउटै मितीमा भिड्दै

यही बर्षको श्रावण अन्त्यतिर प्रदर्शन भएको सफल चलचित्र मोहरमा बेनिशा हमाल र पल शाह दुबैले संगै सहकार्य गर्नु भएको थियो । लगभग ५ महिना पश्चात उहाँहरु छुट्टा छुट्टै फिल्म लिएर एउटै मितिमा सिनेमा हलको पर्दामा उत्रने निश्चिल भएको छ ।

चन्द्र पन्तले निर्देशन गर्नु भएको पल शाह अभिनित चलचित्र ‘आ बाट आमा’ र बेनिशा हमालले अभिनय गर्नु भएको बलिराम चौहान निर्देशित चलचित्र ‘द ब्लु लाइट’ यहि माघ १६ गतेबाट सिनेमा घरमा लाग्दै छ ।

चलचित्र ‘आ बाट आमा’मा विपना थापा, पल शाह, भारतीय अभिनेता प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपाली लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।

चलचित्र ‘द ब्ल्यू लाइट’मा बेनिशा, अर्पण, आयुशमान, सृष्टिसँगै महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा हुनुहुन्छ । ‘द ब्ल्यू लाइट’मा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *