Monday, October 19News That Matters

नायिका बेनिशाको टिम स्वेच्छाले बाहिरिएपछि पल शाहको लागी मैदान खुल्ला

माघ १६ बाट प्रदर्शनमा आएको फिल्म ‘द ब्लू लाइट’लाई निर्माताले हलबाट उतार्ने निर्णय गरेका छन् । आगामी दिनमा थप सशक्त तयारी र प्रभावकारी प्रचार रणनीतिसहित पुनः प्रदर्शन गर्ने योजनासहित फिल्मलाई हालका लागि हलबाट हटाउने निर्णय गरिएको चौहानद्वारा जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । सोमबार निर्माता कम्पनी स्काइफल पिक्चर्सको तर्फबाट निर्देशक बलिराम चौहानले उक्त विज्ञप्ति जारी गर्नु भएको थियो ।

यता सोहि मितिमा लागेको पल शाह अभिनित ‘आ बाट आमा’ले भने शुखद शुरुवत गरिरहेको छ । दर्शकहरु ‘आ बाट आमा’ तिर ओइरिरहदा हलिउड र बलिउडलाई पनि टक्कर दिने साइको थ्रिलर जनराको The Blue Light ओझेलमा परेको हो कि भन्ने आभाष फरक र उत्कृष्ट क्वलिटीको फिल्म खोजिरहेका दर्शकहरुले अनुमान लगाइ रहेका थिए । यसो भनि रहदा ‘आ बाट आमा’ राम्रो र शान्दार फिल्म हैन भन्न खोएिको भने पक्कै हैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *