Monday, October 19News That Matters

आचल र केकीको अभिनय रहेको फिल्मले ६३ दिनमा सुटिङ् सक्यो

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’मा सर्वप्रथम संगै देखिनु भएका केकी अधिकारी र आचाल शर्मा पुन एक पटक संगै सिनेमाको पर्दामा देखिनु हुदैछ ।

उहाँहरु ‘झिँगेदाउ २’ मा फेरि एकपटक दोहोरिनु भएको छ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ २’को सुटिङ् ६३ दिनमा सकिएको छ । पहिलो भागको सफलतालाई कायमै राख्न र दोस्रो भागलाई अझै उत्कृष्ट बनाउन कुनै सम्झौता नगरी खिचेकाले एउटा राम्रो फिल्म दर्शकले हेर्न पाउने विश्वास निर्देशक देउजाको छ ।

यस फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरुषको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *