Monday, October 19News That Matters

भुक्तानी नपाएपछि स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्दै अस्पतालहरु

सम्पूर्ण नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको सर्वव्यापी पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ स्वास्थ्य बीमा कार्यक्रम सरकारले ल्याएको हो । तर सरकारको यही बीमा कार्यक्रम अहिले अलपत्र बन्दै गएको छ। अस्पतालहरुले सेवा दिए बापत बीमा बोर्डले दिनुपर्ने भुक्तानी दिन नसक्दा स्वास्थ्य बीमा कार्यक्रम करिब बन्द हुने स्थितिमा पुगेको छ ।

लामो समयदेखि भुक्तानी प्रक्रिया रोकिदा सरकारको स्वामित्वमा रहेका स्वास्थ्य संस्थाले नै बीमा सेवा नदिने निर्णय गर्न थालेपछि उक्त कार्यक्रम असफलतातर्फ उन्मुख भएको विज्ञहरु बताउँछन्। निजी स्तरका स्वास्थ्य संस्थाले यसअघि नै बीमा कार्यक्रमबाट हात झिकिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *