Monday, October 19News That Matters

मिडल अर्डर चल्न नसक्दा हार व्यहोर्यौँ : कप्तान इन्दु

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आइसिसी महिला टी ट्वान्टी विश्वकप ग्लोवल छनोटमा थाइल्यान्डसँग मिडल अर्डरले चल्न नसक्दा हार व्यहोरेको बताएकी छिन्।

ग्लोबल छनोटको पहिलो खेलमा थाइल्यान्डसँग आइतवार पराजित भएपछि कप्तान इन्दुले मिडल अर्डर चल्न नसक्दा ३०-४० रन कम भएको र हार व्यहोर्नुपरेको बताइन्। उनले ओपनिङमा बिन्दु रावल र सम्झना खड्काले राम्रो सुरुआत दिएको उल्लेख गरिन्। तर आफू, पूजा महतो र रुबिना क्षेत्रीले मिडल अर्डरमा राम्रो गर्न नसक्दा कम योगफलमा नै रोकिनु परेको उनको भनाइ छ।

ओपनिङ साझेदारी राम्रो भएपछि पूजा र आफ्नो विकेट छिटै जाँदा समस्या भएको उल्लेख गरिन्। त्यसका कारण पनि ३०-४० रन कम भएको उनी बताउँछिन्। मिडल अर्डरले राम्रो गरेको भए १५० रनको योगफल पार हुने उनले उल्लेख गरिन्।

आगामी खेलमा मिडल अर्डरले जिम्मेवार भएर खेल्नुपर्ने उनको भनाइ छ। कप्तान इन्दुले आगामी खेलमा बलियो भएर आउने आशा व्यक्त गरिन्। उनले योजनाअनुरूप केही पक्षमा काम भइरहेको बताइन्। पहिलेको भन्दा ब्याटिङमा सुधार भएकाले यो प्रदर्शनबाट सन्तोष रहेको उनी बताउँछन्। मिडल अर्डरमा लामो समय टिक्न सकेको भए जित निस्कन सक्ने उनले उल्लेख गरिन्। सासाना पक्षम सुधार गरिररहेको उनको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *