
नेपालका लागि साओमीको आधिकारिक वितरक वत्सल इम्पेक्स प्रालिले स्मार्टफोन र ट्याब्लेटहरूको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । कम्पनीले १६ जनवरी २०२६ देखि लागु हुने गरी सार्वजनिक गरेको यो सूचीमा इन्ट्री-लेभलदेखि प्रिमियम फ्ल्यागशिप फोनहरूसम्म समावेश छन् ।
नयाँ मूल्यसूची अनुसार साओमीका फोनहरू १२,४९९ रुपैयाँदेखि सुरु हुन्छन् । सामान्य प्रयोगकर्ताका लागि रेड्मी ए५ (३/६४ जीबी) को मूल्य १२,४९९ रुपैयाँ तोकिएको छ भने ४/१२८ जीबी भेरियन्टको मूल्य १३,४९९ रहेको छ ।
त्यस्तै, आकर्षक डिजाइन सहितको रेड्मी १४ सी र रेड्मी १५ सी मोडेलहरू पनि बजेट रेन्जमा उपलब्ध गराइएको छ ।
चर्चामा रहेको रेडमी नोट १४ सिरिज
नेपाली बजारमा अत्यधिक रुचाइने रेड्मी नोट सिरिज अन्तर्गत कम्पनीले नोट १४ का विभिन्न भेरियन्टहरू सार्वजनिक गरेको छ । जसमा रेड्मी नोट १४ फोरजी ६र१२८ जीबीको मूल्य २३,९९९ रुपैयाँ र ८र२५६ जीबीको २६,९९९ रुपैयाँ रहेको छ ।
त्यसैगरी रेड्मी नोट १४ फाइभजीको मूल्य २९,९९९ रुपैयाँ ९८र२५६ जीबी० र ३४,९९९ रुपैयाँ ९१२र५१२ जीबी० तोकिएको छ । २०० मेगापिक्सेल क्यामेरा भएको रेड्मी नोट १४ प्रो फाइभजीको सुरुवाति मूल्य ३९,९९९ रुपैयाँ रहेको छ।
रेड्मी नोट १४ प्रो प्लस फाइभजी यो सिरिजको सबैभन्दा शक्तिशाली फोनको रूपमा रहेको छ । जसको मूल्य ४९,९९९ रुपैयाँ ९८र२५६ जीबी० र ५४,९९९ रुपैयाँ ९१२र५१२ जीबी० कायम गरिएको छ ।
फ्ल्यागशिप र प्रिमियम फोन
उच्च पर्फर्मेन्स खोज्नेहरूका लागि साओमीले साओमी १५ टी ९६४,९९९ रुपैयाँ० र २०० एमपी पेरिस्कोप लेन्स सहितको शक्तिशाली साओमी १५ अल्ट्रा बजारमा ल्याएको छ । १५ अल्ट्राको मूल्य १ लाख ४९,९९९ रुपैयाँ तोकिएको छ, जुन यो सूचीको सबैभन्दा महँगो फोन हो ।
ट्याब्लेट
फोन बाहेक कम्पनीले ट्याब्लेटहरूमा पनि नयाँ मूल्य सार्वजनिक गरेको छ । रेड्मी प्याड २ को सुरुवाति मूल्य २४,९९९ रुपैयाँ छ भने शक्तिशाली प्रोसेसर भएको साओमी प्याड ७ को मूल्य ४९,९९९ रुपैयाँ रहेको छ ।
यो नयाँ मूल्यसूची देशभरका आधिकारिक साओमी स्टोर र रिटेलरहरूमा लागु हुने कम्पनीले जनाएको छ ।