Monday, October 19News That Matters

माघ १० गते भृकुटीमण्डपमा ‘कुमारी’ काे भव्य कन्सर्ट

चलचित्र ‘कुमारी’ ले आगामी माघ १० गते भृकुटीमण्डमा भव्य कन्सर्ट गर्ने भएको छ । माघ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको उक्त चलचित्रका टिमले हाल प्रचार प्रसारलाई तिब्र बनाएको छ । निर्माण टिमले शनिबार साँझ ५ बजेदेखि भृकुटीमण्डपको खुला स्थानमा भव्य साङ्गीतिक कार्यक्रम गर्न लागेको हो।

सोही कन्सर्टमा चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ। ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रको मुख्य कलाकारहरू अबिशेक खड्का, आकृति राजभण्डारीका साथै निर्देशक दिनेश राउत र अन्य केही सेलिब्रेटीको उपस्थिति रहने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *