Monday, October 19News That Matters

नायिका पूजा शर्माको आइटम डान्स

नायिका पूजा शर्माले २ दिन लगाएर एउटा आइटम डान्स सिध्याउनु भएको छ । चलचित्र ‘कल्ली’मा समावेश ‘क्या राम्री…’ बोलको उक्त आइटम गीतको छायांकन चोभारमा रातको समयमा गरिएको थियो । उक्त गीतको छायांकन सकेसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्माता किरण नेपालीले जानकारी गराउनु भयो ।

करिअरमै पहिलो पटक आइटम डान्स गर्न पाउँदा खुशी लागेको पूजाले बताउनु भयो । यो गीतको भिडियोमा पूजाको साथमा नायक उत्तम प्रधान, किरण श्रेष्ठ र कलाकार सुलक्षण भारतीले नृत्य गर्नु भएको छ ।

लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको यो ‘कल्ली’मा लक्ष्मण सुनारको कथा र निर्देशन, महेश दवाडीको लेखन रहेको छ । यो चलचित्रले फागुन १ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *