
‘हरिबहादुरको जुत्ता’ निर्माण गरेको टिमले नयाँ फिल्म ‘श्रीनिवास’ बनाउने औपचारिक घोषणा मंगलबार गरेको छ ।
फिल्ममा हरिवंश आचार्य र अभिषेक खड्का प्रमुख भूमिकामा रहनेछन् । अभिषेकको डेब्यू फिल्म ‘कुमारी’ यही माघ २३ गतेबाट रिलिज हुँदैछ, जसले उनलाई पछिल्लो समय चर्चामा ल्याएको छ।