Monday, October 19News That Matters

सुनिल थापा गुरुङको नाती लिम्बुको ज्वाई । थापा थर कसरी ?

सन् १९७७ मा प्रदर्शित हिन्दी फिल्म ‘साहब बहादुर’ बाट सुनिल थापाले फिल्मी जीवन शुरु गर्नुभएको थियो ।  हिन्दी फिल्म नगरीमा व्यस्त हुन थालेपछि भारतको देहरादुनमा बसोबास गरिरहेरहनु भएका सुनिलका सबै परिवार मुम्बई तिर बसाइ सर्नु भएको थियो । उहाँको निकटतम साथी प्रकाश सायमीका अनुसार सुनिलको परिवार  ‘गुरुङ’ भए पनि भारतीय सेनामा ‘थापा’ का रुपमा भर्ति हुन सजिलो भएका कारण उहाँका बुबाले थापा थर लेख्न थाल्नु भएको रहेछ ।

२०४४ साल तिर निर्माण भएको चलचित्र चिनो सुनिल थापाको जीवनको दोस्रो अध्यायको शुरुवात थियो । फिल्मी जीवनको पहिलो अध्याय मुम्बईबाट शुरु मात्रै गर्नुभएको थिएन त्यता उहाँले रामै छाप छाडिसक्नु भएको थियो । तर, नेपाली रगत न हो, मुम्बई भन्दा नेपाल नै उहाँलाई प्यारो लाग्यो । चिनो’ मा ‘राते काइँला’ को भूमिका खेलेपछि उहाँले न भारत, न पाकिस्तान, कतै हेर्नुपरेन । नेपाली चलचित्रमै व्यस्त भए । नेपालमै बसे ।

सन् १९९८ मा सुनिलले बागबजारकी रजनी सुब्बासँग विवाह गर्नु भयो । उहाँको बढी संगत नारायण पुरीसँग थियो । नारायण पुरीको ससुराली बागबजार । पुरीसँग आवतजावत हुने क्रममा त्यहीँकी रजनीसँग सुनिलको भेट भयो । रजनी र पुरीकी श्रीमती टोले साथी हुनुहुन्थ्यो । रजनीसँग विवाह गरेपछि सुनिल काठमाडौंमै रहे । तर, रजनीचाहिँ बालबच्चको रेखदेख गर्दै कहिले काठमाडौं त कहिले मुम्बई रहन थाल्नुभयो। बच्चाहरुको पढाई शुरु भएपछि रजनी मुम्बईमै बस्न थाल्नुभयो। सुनिल समय समयमा काठमाडौं–मुम्बई गरिरहनुहुन्थ्यो।

अब त उहाँ स्मृति र उहाँले अभिनय गर्नु भएको फिल्ममा मात्र जीवित हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *