
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले एमालेले परिवर्तनको नाममा केपी ओलीलाई तेस्रो पटक अध्यक्ष बनाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका उपसभापति शर्माले माओवादी त नाम नै परिवर्तन गरेर नयाँ भनिरहेको भन्दै व्यङ्ग्य गरे।
उनले भने, ‘नेकपा एमालेले विधानमा परिवर्तन गर्यो। दुई पटक मात्रै सभापति हुन पाउने व्यवस्था गरेको रहेछ, अध्यक्ष दुई पटक मात्रै हुन पाउने व्यवस्था। उहाँहरूले परिवर्तन गर्नुभयो, किनभने श्रद्धेय बा लाई पुनः अध्यक्ष बनायो। माओवादी पार्टीले नाम परिवर्तन गर्यो।’