
धमाधम सुटिङ भइरहेको चलचित्र ‘फ्रेन्च किस’मा अभिनेत्री रेखा थापा भित्रिनु भएको छ। नयाँ पुस्ताको लभ स्टोरी ‘फ्रेन्च किस’मा रेखालाई अनुबन्ध गरेको फिल्मका कार्यकारी निर्माता सौगात बस्नेतले जानकारी दिनुभएको छ ।
अर्पण थापा र ‘शाम्बाला’ अभिनेत्री थिन्ले ल्हामोको मुख्य भूमिका रहने यो फिल्ममा अभिनेत्री गौरी मल्ल पनि मुख्य भुमिकामा हुनुहुन्छ । अर्पण स्वयंमले निर्देशन गरिरहनु भएकोे चलचित्र ‘फ्रेन्च किस’मा सुदीप बरालको छायाङ्कन र दीपक बज्राचार्यको सङ्गीत रहेकोछ ।