
दाङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशलाई एकताबद्ध र समृद्ध बनाउनका निम्ति आफ्नो पार्टीको आवश्यकता रहेको बताएका छन् ।
नेपाली कांग्रेस दाङले बुधबार घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले देशलाई जटिल अवस्थाबाट बचाउनका निम्ति कांग्रेसको आवश्यकता रहेको बताएका हुन् ।
इतिहासको हरेक मोडमा देशभित्रका भिन्न–भिन्न शक्ति, दल र समुदायको समन्वय गरेर निकास दिने सामथ्र्य प्रस्तुत गरेको कांग्रेसले अब भिन्न पुस्ताको पनि समन्वय गरेर देशलाई अहिलेको अवस्थाबाट नयाँ विश्वासको चरणमा पुर्याउने क्षमता राख्ने बताएका थिए ।