
AFC Women’s Asian Cup 2026 अन्तर्गत जापन र अष्ट्रेलिय बीच आज (March 21) भएको फाइनल खेलमा जापानले अष्ट्रेलियन टिमलाई १ शुन्यले हराउदै तेस्रो पटक AFC Women’s Asian Cup को उपाधी जित्न सफल भएको छ । यस अघि जापानले २०१४ र २०१८ का फाइनलमा पनि अष्ट्रेलियालाई हराउँदै जित हासिल गरेको हो ।
जापानकी हमानो माइकोले खेलमा उत्कृष्ट प्रदर्शन गर्दै निर्णायक गोल गर्नु भएको थियो । खेल सुरु भएको १७ औं मिनेटमा जापानकी २१ वर्षीया हमानोले गोल गर्दै दुई पटकका च्याम्पियनलाई १–० को पछाडी पार्न सफल हुनु भएको थियो ।
बराबरी गोलको खोजीमा रहेको आयोजक टोली अष्ट्रेलिया दोस्रो हाफमा आक्रामक देखिए पनि उनीहरूले गोल गर्न सकेनन्। समय सकिँदै जाँदा अष्ट्रेलियाले जापानी रक्षा पंक्ति माथि लगातार दबाब बनाए पनि जापानी गोलकिप्पर आयाका यामाशिताले उनीहरुको शसक्त प्रहारहरुलाई बिफल बनाइदिनु भएको थियो ।
यस प्रतियोगिताभर जापानले आक्रमण र रक्षाबीच उत्कृष्ट सन्तुलन कायम गर्यो। उसले २९ गोल गर्दै केवल दुई गोल मात्र खायो र प्रतियोगिताभर कुनै पनि खेल हरेन ।