Monday, October 19News That Matters

सवित्रा भण्डारी साम्बा

कुनै समय गाउँमा दाइहरुसंग खेतका गराहरुमा झुम्रे गोली खेल्दै फुटबल खेलका थोरै थोरै तौरतरिकासंग अभ्यस्त छोरी मान्छे पछि गएर साम्बा उपनामले देशको नाम नै उज्वल पार्छ भनेर सायद कसैले सोच्ने फुर्सद नै पाएनन् होला ।

बि.सं. २०५४ सालको जेठ १० गते लमजुङ जिल्लाको सिमपानी गाउँमा जन्मनु भएकी सावित्रा भण्डारीको बाल्यावस्था अन्य महिलाहरूको जस्तै दैनिकीमा बित्ने गर्दथ्यो । आमाबुवालाई घरायसी काममा सहयोग गर्ने, घाँस दाउरा गर्ने र यस बिचमा उहाँले आफ्नो पढाईलाई पनि बिर्सनु भएन । फुर्सद मिल्यो कि कपडाको गोल संग समय बित्थ्यो उहाँको।

दशैँ ताका गाउँमा हुने खसी तथा भाले कप फुटबल प्रतियोगिताहरूमा उहाँ गाउँकै ठूला दाइहरूको टोलीमा मिसिएर खेल्नु भएको किस्साहरु उहाँ कहिलेकाही सम्झनु हुन्छ । त्यसरी नै उहाँको फुटबलप्रतिको मोह अझ बढदै गएको देखिन्छ ।

२०७१ सालको दशैं अघि लमजुङ जिल्लाको धनपोखरामा महिला फुटबल प्रतियोगिता आयोजना भएको थियो । उक्त प्रतियोगितामा साबित्राको उत्कृष्ट प्रदर्शनले उहाँको टिम बिजयी भएको थियो । त्यस पछि त उहाँ एपिएफको रोजाईमा पर्दै काठमाण्डौ छिर्नु भएको थियो । १६ वर्ष कै उमेरमा एपिएफ क्लबका लागि उहाँ अनुबन्धित हुनु भएको थियो भने सन् २०१४ को साफ च्याम्पियनसिपमा भुटानविरुद्धको खेलमा डेब्यु गर्दै अन्तर्राष्ट्रिय फुटबलमा प्रदार्पण गर्नु भएको थियो ।

ब्राजिली नृत्य ‘साम्बा’ जस्तै कपाल रंग्याएर खेल मैदानमा उत्रने गरेका कारण सोही उपनाम पाएकी सावित्राले थुप्रै रेकर्डहरु ( राष्ट्रि अन्तराष्ट्रिय ) आफ्नो नाममा लेखाइ सक्नु भएको छ । हाल नेपाली महिला टोलीको कप्तान समेत रहनु भएकी सबित्रा भण्डारी साम्बा न्युजील्यान्डको Wellington Phoenix FC मा २ बर्षको लागी आबद्ध हुनु भएको छ । जसले अष्ट्रेलियन लिग (A-League Women) मा सहभागिता जनाउदै आइरहेको छ ।

यस अघि उहाँले भारत, इजरायल, फ्रान्सका घरेलु लिगहरु खेलिस्कनु भएको छ र आफ्नो उत्कृष्ट छाप छाडेर अहिले नयाँ क्लवबाट व्यवसायिक फुटबललाई अगाडी बढाइराख्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *