Monday, October 19News That Matters

सिन्धुपाल्चोककी सुष्मा तामाङ

सिन्धुपाल्चोकमा जन्मनु भएकी सुष्मा तामाङ नेपाल पुलिस फुटबल क्लबबाट घरेलु प्रतियोगिताहरु खेलिरहनु भएको छ ।

गएको बर्ष दशरथ रंगशालामा आयोजित Vianet International Women’s Championship 2025 का लागी पहिलो पटक राष्ट्रिय टोलीमा अटाउनु भएकी सुष्मा त्यस लगातै थाइलेण्डमा आयोजित मैत्रीपुर्ण खेलका लागी पनि छनौटमा पर्नु भएको थियो । तर दुबै प्रतियोगितामा डेब्यु गर्ने मौका भने पाउनु भएन ।

उज्बेकिस्तानमा आयोजित AFC Women’s Asian Cup Qualifiers मा उहाँ राष्ट्रिय टोलीमा अटाउन सक्नु भएन । त्यसपछि नेपालले खेलाका अन्तराष्ट्रिय खेलहरुमा सुष्मा राष्ट्रिय टिममा पर्न सक्नु भएको छैन ।

थाइलेण्डमा आयोजित SAFF Women’s Futsal Championship 2026 खेल्ने नेपाली राष्ट्रिय महिला टोलीमा उहा सहभागी खेलाडीहरु मध्ये एक हुनुहुन्थ्यो । उक्त प्रतियोगितामा सुष्माले उत्कृष्ट प्रदर्शन गर्नु भएको थियो भने भुटान बिरुद्ध एक गोल पनि गर्न सफल रहनु भयो ।

उहाँलाई बिशेष गरेर फुटबल मैदानमा मिण्डफिल्डरको पोजिसन देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *