
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल उम्मेदवार छैनन् ।
नेकपा नेता खनाल यसपटक चुनावी प्रतिस्पर्धामा नहुँदा इलाम-१ मा पहिलोपटक उनीबेगरको प्रतिस्पर्धा हुँदैछ । २०४८ यता लगातार यो क्षेत्रमा चुनाव लड्दै आएका खनाल २०७९ को चुनावमा पराजित बनेका थिए ।