Monday, October 19News That Matters

प्रीति राई पोखरामा वर्ष उत्कृष्ट खेलाडीबाट सम्मानित

२५औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता मंगलबारदेखि पोखरा रंगशालामा औपचारिक रूपमा सुरु भएको छ । उक्त प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डर प्रीति राईलाई वर्ष उत्कृष्ट खेलाडीबाट नगद तथा सम्मान पत्र सहित दोसल्ला उडाएर सम्मान गरिएको थियो ।

सम्मान पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र पुरस्कारका प्रायोजक खेमबहादुर गुरुङले संयुक्त रूपमा प्रदान गरेका हुन्।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर आचार्यले पोखरालाई खेलकुदको ‘हब’ का रूपमा विकास गर्न महानगर प्रतिबद्ध रहेको बताए । उनले भगिनी सम्बन्ध रहेका विभिन्न देशका शहरहरूसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्ने योजना सार्वजनिक गर्दै पोखरा रंगशालामा फ्लडलाइट जडानका लागि महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *