Monday, October 19News That Matters

मनोरञ्जन

एक वर्षमै प्रकाश सपूतका चार वटा फिल्म फ्लप भएपछि…

एक वर्षमै प्रकाश सपूतका चार वटा फिल्म फ्लप भएपछि…

मनोरञ्जन, समाचार
गायनमा लोभ लाग्दो चर्चा कमाइ रहदा प्रकाश सपूतले ‘परदेशी २’बाट फिल्ममा डेब्यु गर्नु भएको थियो । उहाँको डेब्यु फिल्म हिट भयो । उहाँको दोस्रो फिल्म ‘पूर्णबहादुरको सारंगी’ले त इतिहास नै रच्यो । तर उहाँ आफैंले निर्देशन र अभिनय गर्नु भएको फिल्म ‘वसन्त’ नराम्ररी डुब्यो । उहाँका लागि यस वर्ष अझ निराशाजनक बनेको छ । यो वर्ष प्रकाश सपुतका चार फिल्म ‘हरिबहादुरको जुत्ता’,‘माइतीघर’,‘सोल्टिनी’ र ‘मिरमिरे’ प्रदर्शन भइसकेका छन् । त्यसमध्ये ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ले ४ करोडको आँकडा पार गरे पनि लगानी सुरक्षित गर्न सकेनन् । ‘सोल्टिनी’को अवस्था त हरिविजोग नै रह्यो । यसले ३० लाख पनि कमाएन । यतिबेला प्रदर्शन भइरहेको ‘मिरमिरे’को व्यापार पनि ४० लाख आसपासमा अड्किएको छ । भन्नेहरु भन्ने गर्छन्, गत वर्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेपछिको असर हो यो भनेर । एक वर्षमै चारवटा फिल...
पल र बेनिशा छुट्टा छुट्टै कथा लिएर एउटै मितीमा भिड्दै

पल र बेनिशा छुट्टा छुट्टै कथा लिएर एउटै मितीमा भिड्दै

Featured, मनोरञ्जन
यही बर्षको श्रावण अन्त्यतिर प्रदर्शन भएको सफल चलचित्र मोहरमा बेनिशा हमाल र पल शाह दुबैले संगै सहकार्य गर्नु भएको थियो । लगभग ५ महिना पश्चात उहाँहरु छुट्टा छुट्टै फिल्म लिएर एउटै मितिमा सिनेमा हलको पर्दामा उत्रने निश्चिल भएको छ । चन्द्र पन्तले निर्देशन गर्नु भएको पल शाह अभिनित चलचित्र 'आ बाट आमा' र बेनिशा हमालले अभिनय गर्नु भएको बलिराम चौहान निर्देशित चलचित्र 'द ब्लु लाइट' यहि माघ १६ गतेबाट सिनेमा घरमा लाग्दै छ । चलचित्र 'आ बाट आमा'मा विपना थापा, पल शाह, भारतीय अभिनेता प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपाली लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। चलचित्र ‘द ब्ल्यू लाइट’मा बेनिशा, अर्पण, आयुशमान, सृष्टिसँगै महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा हुनुहुन्छ । ‘द ब्ल्यू लाइट’मा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।...
‘अ फ्रेन्च किस’ मार्फत फिल्म निर्देशनमा फर्किए अर्पण

‘अ फ्रेन्च किस’ मार्फत फिल्म निर्देशनमा फर्किए अर्पण

What's Hot, मनोरञ्जन
अभिनेता अर्पण थापा करिब ६ वर्षपछि निर्देशनमा फर्किएका छन् । उनले निर्देशन गर्ने नयाँ फिल्म ‘अ फ्रेन्च किस’को शुक्रबार सरस्वतीको पूजाको अवसर पारेर काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा शुभ मुहूर्त गर्दै निर्माण घोषणा गरिएको छ । पछिल्लो पटक सन् २०१९ मा हरर फिल्म ‘घर’ निर्देशन गरेका अर्पणले त्यसअघि ‘सुनकेशरी र ‘मुखौटा’ बनाएका थिए । ए.टी.एफ. प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा ‘शाम्बाला’बाट चर्चामा आएकी अभिनेत्री थिन्ले ल्हामो मुख्य भूमिकामा देखिनेछन् । फिल्ममा उनको जोडी अर्पणसँग बाँधिनेछ । गौरी मल्ल र आयशा तामाङको पनि फिल्ममा अभिनय रहने जनाइएको छ । माघ १२ गते सोमबारबाट चितवनका विभिन्न स्थानमा फिल्मको छायांकन हुनेछ । यस फिल्मको कार्यकारी निर्मातामा सौगात बस्नेत र सह-निर्मातामा सुभाष बी. शाही रहेका छन् । फिल्ममा सुदीप बरालको छायांकन र दीपक बज्राचार्यको संगीत रहनेछ । ...
नायिका पूजा शर्माको आइटम डान्स

नायिका पूजा शर्माको आइटम डान्स

Featured, What's Hot, मनोरञ्जन
नायिका पूजा शर्माले २ दिन लगाएर एउटा आइटम डान्स सिध्याउनु भएको छ । चलचित्र 'कल्ली'मा समावेश 'क्या राम्री...' बोलको उक्त आइटम गीतको छायांकन चोभारमा रातको समयमा गरिएको थियो । उक्त गीतको छायांकन सकेसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्माता किरण नेपालीले जानकारी गराउनु भयो । करिअरमै पहिलो पटक आइटम डान्स गर्न पाउँदा खुशी लागेको पूजाले बताउनु भयो । यो गीतको भिडियोमा पूजाको साथमा नायक उत्तम प्रधान, किरण श्रेष्ठ र कलाकार सुलक्षण भारतीले नृत्य गर्नु भएको छ । लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको यो 'कल्ली'मा लक्ष्मण सुनारको कथा र निर्देशन, महेश दवाडीको लेखन रहेको छ । यो चलचित्रले फागुन १ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।...
माघ १० गते भृकुटीमण्डपमा ‘कुमारी’ काे भव्य कन्सर्ट

माघ १० गते भृकुटीमण्डपमा ‘कुमारी’ काे भव्य कन्सर्ट

मनोरञ्जन
चलचित्र ‘कुमारी’ ले आगामी माघ १० गते भृकुटीमण्डमा भव्य कन्सर्ट गर्ने भएको छ । माघ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको उक्त चलचित्रका टिमले हाल प्रचार प्रसारलाई तिब्र बनाएको छ । निर्माण टिमले शनिबार साँझ ५ बजेदेखि भृकुटीमण्डपको खुला स्थानमा भव्य साङ्गीतिक कार्यक्रम गर्न लागेको हो। सोही कन्सर्टमा चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ। ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रको मुख्य कलाकारहरू अबिशेक खड्का, आकृति राजभण्डारीका साथै निर्देशक दिनेश राउत र अन्य केही सेलिब्रेटीको उपस्थिति रहने जनाइएको छ।...
‘शिवांश’को ‘बैँस भुसुक्कै’ गीतमा नाचे तेज र विमला

‘शिवांश’को ‘बैँस भुसुक्कै’ गीतमा नाचे तेज र विमला

मनोरञ्जन, समाचार
हाशिवरात्रिको दिन पारेर फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘शिवांश’को पहिलो गीत ‘बैँस भुसुक्कै’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित यस गीतमा राजनराज सिवाकोटी र समीक्षा अधिकारीले स्वर दिएका छन् । राजनराज र सरोज रञ्जितकारको शब्द रचना रहेको गीतमा राजनराज स्वयंले संगीत भरेका छन् । भाग्य, मायामोह, आकर्षण जस्ता भावनात्मक पक्षहरू समेटिएको गीतमा प्रेमी-प्रेमिकाले एकअर्कालाई गरेको तारिफ सुन्न सकिन्छ । मौलिक शब्दको प्रयोगले गीतमा मिठास थपेको छ । विक्रम चौहानको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू तेज गरी, विमला लिम्बू र बारत लिम्बूले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको फिल्मको निर्देशन सन्तोष कुमार आत्रेयले गरेका हुन् । अञ्जान केसीको लगानी र कथा लेखन रहेको यस फिल्ममा तेज, विमला र बारतसहित प्रवीण खतिवडा, रुषा न्यौ...
२ वर्षपछि एक्सन फिल्मबाट कमब्याक गर्दै आकाश

२ वर्षपछि एक्सन फिल्मबाट कमब्याक गर्दै आकाश

मनोरञ्जन
अभिनेता आकाश श्रेष्ठ २ वर्षयता फिल्ममा मुख्य भूमिकामा देखिएका छैनन् । यो बीचमा ‘बगान’, ‘हर्ष’ जस्ता फिल्ममा केमियो भूमिका र थुप्रै म्यूजिक भिडियोमा काम गरे पनि उनले फिल्ममा कमब्याकका लागि राम्रो स्क्रिप्टको प्रतीक्षा गरिरहेको बताउँदै आएका थिए । अब उनले आफूले खोजेको जस्तै स्क्रिप्ट पाएका छन् । र, २ वर्षपछि नयाँ फिल्ममा अनुबन्धित भएका छन् । उनले ‘जय शम्भु’ र ‘दान्भी’ जस्ता एक्सन फिल्म बनाएका रुपेश तामाङको नयाँ फिल्मबाट कमब्याक गर्न लागेका हुन् । माघे संक्रान्तिको अवसर पारेर बिहीवार दुई पक्षबीच कागजी सम्झौता भएको छ । नाम तय हुन बाँकी रहेको यो फिल्म एक्सनप्रधान हुने जनाइएको छ । निर्देशक तामाङका अनुसार फिल्ममा आकाश यसअघि नदेखिएको अवतारमा प्रस्तुत हुनेछन् । आगामी फागुनबाट छायांकन सुरु हुने यस फिल्ममा सुमन गजमेरको लेखन रहेको छ । उनले यसअघि बाबु-छोरीको कथामा फिल्म ‘रंगी’ लेखेका थिए ।...
श्रद्धा कपुरको विवाह हल्लामा सामाजिक सञ्जालमा हलचल,

श्रद्धा कपुरको विवाह हल्लामा सामाजिक सञ्जालमा हलचल,

मनोरञ्जन
बलिउड अभिनेत्री श्रद्धा कपुर यतिबेला आफ्नो व्यावसायिक जीवनभन्दा बढी व्यक्तिगत सम्बन्ध र विवाहको चर्चाका कारण सामाजिक सञ्जालमा छाएकी छन्। श्रद्धाले आफ्ना कथित प्रेमी राहुल मोदीसँग चाँडै नै लगनगाँठो कस्न लागेको दाबीसहितका खबरहरू भाइरल भइरहेका छन्। विशेष गरी राजस्थानको उदयपुरमा उनीहरूको भव्य विवाह हुन लागेको दाबीसहितका पोस्टहरू सार्वजनिक भएपछि यसले थप चर्चा पाएको हो। यही चर्चाका बिच श्रद्धाका दाजु एवं अभिनेता सिद्धान्त कपुरले निकै रोचक प्रतिक्रिया दिएका छन्। इन्स्टाग्राममा भाइरल भइरहेको विवाहको एक पोस्टमा कमेन्ट गर्दै सिद्धान्तले लेखेका छन्, ‘यो त मेरो लागि पनि न्यूज (समाचार) हो।’ उनले अचम्मित भएको र हाँसेको इमोजीसहित दिएको यो प्रतिक्रियाले श्रद्धाको विवाहको हल्लामा तत्कालका लागि पूर्णविराम लगाउन खोजेको देखिए पनि फ्यानहरू भने अझै आश्वस्त हुन सकेका छैनन्। गत हप्ता श्रद्धा आफैँ...