Monday, October 19News That Matters

मनोरञ्जन

नाक्छोङको बिशेष प्रदर्शनी फागुन ९ गते बिर्तामोडमा हुदै

नाक्छोङको बिशेष प्रदर्शनी फागुन ९ गते बिर्तामोडमा हुदै

Featured, मनोरञ्जन, समाचार
किरात राईहरुको सस्कारमा आधारित चलचित्र नाक्छोङको बिशेष प्रदर्शनी यहि फागुन ९ गते बिर्तामोडको पाथीभरा सिने प्लाजामा हुने भएको छ । राई समुदायमा भइरहेको सांस्कृतिक परिवर्तन र बसाइसराईसंगै परेको सास्कृतिक प्रभावहरुलाई चलचित्र मार्फत देखाउन खोजिएको कुरा यस चलचित्रका निर्माता ज्योतिराज राईले बताउनु भयो । नाक्छोङहरुको अभावमा कस्ता किसिमका समस्यहरुको सामाना गर्नु पर्छ त भन्ने बिषयलाई यस चलचित्रले समेटेको पनि उहाँले बताउनु भयो । नाक्छोङ चलचित्रले पाहाडमा बसोबास गरेका बहुसंख्याक राई समुदायको कथा भन्दा पनि बसाई सरेर मधेश झरेका राई समुदायको कथालाई पर्दामा देखाउन खोजिएको कुरा यस चलचित्रका निर्देशक किरान राइले प्रष्ट पार्नु भयो । यो चलचित्रले बिशेष गरि किरात राई समुदायको सास्कृतिक कुरालाई उठान गरे ता पनि सम्पुर्ण समुदायमा भइरहेको सास्कृतिक बिचलनहरुलाई प्रतिनिधित्व गर्ने निर्देशक राईको भनाई छ । उह...
‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि कोच राजुको नितालाई

‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि कोच राजुको नितालाई

Featured, मनोरञ्जन, समाचार
गायन रियालिटी शो 'द भ्वाइस अफ नेपाल' सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले जितेकी छन्। शनिबार आयोजित ग्राण्ड फिनालेमा दैलेखकी नीताले उपाधि जितेकी हुन्। उनी कोच राजु लामाको टिमबाट प्रतिस्पर्धा गरेकी थिइन्। फिनालेमा उनीसँगै कोच खेम सेन्चुरीको टिमबाट सागर संसार राई, कोच प्रमोद खरेलको टिमबाट पुनम गुरूङ र कोच मेलिना राईको टिमबाट सञ्जिता दुरा प्रतिस्पर्धामा थिए।  सागर फस्र्ट रनरअप, पुनम सेकेण्ड रनरअप र सञ्जिता दुरा थर्ड रनरअप भएका हुन्।...
आचल र केकीको अभिनय रहेको फिल्मले ६३ दिनमा सुटिङ् सक्यो

आचल र केकीको अभिनय रहेको फिल्मले ६३ दिनमा सुटिङ् सक्यो

मनोरञ्जन, साहित्य
ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’मा सर्वप्रथम संगै देखिनु भएका केकी अधिकारी र आचाल शर्मा पुन एक पटक संगै सिनेमाको पर्दामा देखिनु हुदैछ । उहाँहरु ‘झिँगेदाउ २’ मा फेरि एकपटक दोहोरिनु भएको छ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ २’को सुटिङ् ६३ दिनमा सकिएको छ । पहिलो भागको सफलतालाई कायमै राख्न र दोस्रो भागलाई अझै उत्कृष्ट बनाउन कुनै सम्झौता नगरी खिचेकाले एउटा राम्रो फिल्म दर्शकले हेर्न पाउने विश्वास निर्देशक देउजाको छ । यस फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरुषको अभिनय छ ।...
अर्पण थापा र ‘शाम्बाला’ अभिनेत्री थिन्ले ल्हामोको फिल्ममा रेखा थापाको इन्ट्री

अर्पण थापा र ‘शाम्बाला’ अभिनेत्री थिन्ले ल्हामोको फिल्ममा रेखा थापाको इन्ट्री

मनोरञ्जन
धमाधम सुटिङ भइरहेको चलचित्र 'फ्रेन्च किस’मा अभिनेत्री रेखा थापा भित्रिनु भएको छ। नयाँ पुस्ताको लभ स्टोरी ‘फ्रेन्च किस’मा रेखालाई अनुबन्ध गरेको फिल्मका कार्यकारी निर्माता सौगात बस्नेतले जानकारी दिनुभएको छ । अर्पण थापा र ‘शाम्बाला’ अभिनेत्री थिन्ले ल्हामोको मुख्य भूमिका रहने यो फिल्ममा अभिनेत्री गौरी मल्ल पनि मुख्य भुमिकामा हुनुहुन्छ । अर्पण स्वयंमले निर्देशन गरिरहनु भएकोे चलचित्र 'फ्रेन्च किस'मा सुदीप बरालको छायाङ्कन र दीपक बज्राचार्यको सङ्गीत रहेकोछ ।...
सुनिल थापा गुरुङको नाती लिम्बुको ज्वाई । थापा थर कसरी ?

सुनिल थापा गुरुङको नाती लिम्बुको ज्वाई । थापा थर कसरी ?

Featured, मनोरञ्जन
सन् १९७७ मा प्रदर्शित हिन्दी फिल्म ‘साहब बहादुर’ बाट सुनिल थापाले फिल्मी जीवन शुरु गर्नुभएको थियो ।  हिन्दी फिल्म नगरीमा व्यस्त हुन थालेपछि भारतको देहरादुनमा बसोबास गरिरहेरहनु भएका सुनिलका सबै परिवार मुम्बई तिर बसाइ सर्नु भएको थियो । उहाँको निकटतम साथी प्रकाश सायमीका अनुसार सुनिलको परिवार  ‘गुरुङ’ भए पनि भारतीय सेनामा ‘थापा’ का रुपमा भर्ति हुन सजिलो भएका कारण उहाँका बुबाले थापा थर लेख्न थाल्नु भएको रहेछ । २०४४ साल तिर निर्माण भएको चलचित्र चिनो सुनिल थापाको जीवनको दोस्रो अध्यायको शुरुवात थियो । फिल्मी जीवनको पहिलो अध्याय मुम्बईबाट शुरु मात्रै गर्नुभएको थिएन त्यता उहाँले रामै छाप छाडिसक्नु भएको थियो । तर, नेपाली रगत न हो, मुम्बई भन्दा नेपाल नै उहाँलाई प्यारो लाग्यो । चिनो’ मा ‘राते काइँला’ को भूमिका खेलेपछि उहाँले न भारत, न पाकिस्तान, कतै हेर्नुपरेन । नेपाली चलचित्रमै व्यस्त...
मनिषा कोइराला जस्तै देखिने नायिका उषा पौडैल ।

मनिषा कोइराला जस्तै देखिने नायिका उषा पौडैल ।

Uncategorized, मनोरञ्जन, समाचार
जनकपुरमा जन्मनु भएकी उषा पौडेल चलचित्र 'कर्म'बाट नेपाली सिने क्षेत्रमा डेब्यु गर्नु भएको थियो । त्यस लगातै उहाँ लक्ष्मीप्रसाद देवकोटाद्धारा लिखित कृतिमा रहेर निर्माण गरिएको चलचित्र मुनामदन देखिनु भएको थियो । जुन सन् १९९९ मा प्रदर्शन भएको थियो । उषा नेपालकी एक प्रसिद्ध अभिनेत्री हुन् । कर्म, मुना मदन, गोधुली, तिम्रो माया, प्यारी बहिनी, गङ्गा, जेठो कान्छो, राम लक्ष्मण, बाज, क्रोध, माया नगर, ज्वालामुखी लगायतका ४० भन्दा बढी नेपाली चलचित्रहरूमा उहाँले काम गरिसक्नु भएको छ । उहालेँ भारतिय टेलिभिजन कार्यक्रमहरू जस्तै : तुझ सङ प्रित लगै सज्ना, जय जय बजरङ्ग बली, अदालत, चिन्टु छिन्की र एक बढी सि लभ स्टोरीमा आफ्नो उपस्थिति जनाइसक्नु भएको छ । हाल उहाँ अमेरिका बस्दै आइरहनु भएको छ ।...
अभिनेत्री बिपना थापा पुन चलचित्र क्षेत्रमा सकृय ।

अभिनेत्री बिपना थापा पुन चलचित्र क्षेत्रमा सकृय ।

Featured, मनोरञ्जन
लामो समयको अन्तरल पछि कुनै समयकी चर्चित नायिका बिपना थापा पुन चलचित्र क्षेत्रमा सकृय हुनु भएको छ । चलचित्र 'आ बाट आमा'मा अभिनेत्री बिपना थापाले नायक पल शाहको आमाको रोलमा अभिनय गर्नु भएको छ । बुवाको भुमिकामा बलिउड अभिनेता प्रदिप राउत देखिनु भएको छ । चलचित्रमा सबैको अभिनय उत्कृस्ट छ । यो चलचित्रले सबैको आँखामा आँसु झारिदिन सक्छ । साइग्रेस र उषाको अभिनया हेर्दा उहाहरु नयाँ कलाकार हो जस्तो लाग्दैन । सिम्रन पन्तको यो दोश्रो फिल्म हो । उहाँको अभिनयमा पनि खोट लगाउने ठाउँ छैन।...
तामाङ समुदायले पाउनु भयो २०२६ को Miss Tamang

तामाङ समुदायले पाउनु भयो २०२६ को Miss Tamang

Featured, मनोरञ्जन, समाचार
१८औ संस्करणको मिस तामाङको ताज बौद्ध निवासी १८ बर्षीया साम्राज्ञी मोक्तानले जित्नु भएको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा भएको ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले ताज आफ्नो शिरमा पहिरीन सफल हुनुभएको थियो ।यस्तै नुवाकोटकी सुस्मा लामा स्याङतान फस्ट रनरअप, सृष्टि थिङ तामाङ सेकेण्ड रनरअप र ओसिन गोले तामाङ थर्ड रनरअप बन्न् भएको छ ।...
नायिका बेनिशाको टिम स्वेच्छाले बाहिरिएपछि पल शाहको लागी मैदान खुल्ला

नायिका बेनिशाको टिम स्वेच्छाले बाहिरिएपछि पल शाहको लागी मैदान खुल्ला

मनोरञ्जन, समाचार
माघ १६ बाट प्रदर्शनमा आएको फिल्म ‘द ब्लू लाइट’लाई निर्माताले हलबाट उतार्ने निर्णय गरेका छन् । आगामी दिनमा थप सशक्त तयारी र प्रभावकारी प्रचार रणनीतिसहित पुनः प्रदर्शन गर्ने योजनासहित फिल्मलाई हालका लागि हलबाट हटाउने निर्णय गरिएको चौहानद्वारा जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । सोमबार निर्माता कम्पनी स्काइफल पिक्चर्सको तर्फबाट निर्देशक बलिराम चौहानले उक्त विज्ञप्ति जारी गर्नु भएको थियो । यता सोहि मितिमा लागेको पल शाह अभिनित 'आ बाट आमा'ले भने शुखद शुरुवत गरिरहेको छ । दर्शकहरु 'आ बाट आमा' तिर ओइरिरहदा हलिउड र बलिउडलाई पनि टक्कर दिने साइको थ्रिलर जनराको The Blue Light ओझेलमा परेको हो कि भन्ने आभाष फरक र उत्कृष्ट क्वलिटीको फिल्म खोजिरहेका दर्शकहरुले अनुमान लगाइ रहेका थिए । यसो भनि रहदा 'आ बाट आमा' राम्रो र शान्दार फिल्म हैन भन्न खोएिको भने पक्कै हैन ।...
कुमारीको हिरो अभिषेक खड्का चलचित्र ‘श्रीनिवास’मा अनुबन्ध

कुमारीको हिरो अभिषेक खड्का चलचित्र ‘श्रीनिवास’मा अनुबन्ध

मनोरञ्जन
‘हरिबहादुरको जुत्ता’ निर्माण गरेको टिमले नयाँ फिल्म ‘श्रीनिवास’ बनाउने औपचारिक घोषणा मंगलबार गरेको छ । फिल्ममा हरिवंश आचार्य र अभिषेक खड्का प्रमुख भूमिकामा रहनेछन् । अभिषेकको डेब्यू फिल्म ‘कुमारी’ यही माघ २३ गतेबाट रिलिज हुँदैछ, जसले उनलाई पछिल्लो समय चर्चामा ल्याएको छ।