Monday, October 19News That Matters

समाचार

मेरो प्यारो ओखलढुंगा…

मेरो प्यारो ओखलढुंगा…

पर्यटन, समाचार
युगकवि सिद्धिचरण श्रेष्ठले ओखलढुंगाको अनुपम सौन्दर्य र विशिष्टतालाई समेटेर कविता कोरे– ‘मेरो प्यारो ओखलढुंगा…।’ कविका शब्दहरूले भनेझैं, ओखलढुंगा साँच्चै सुन्दर र मनमोहक छ । आज पनि यहाँको माटोको सुगन्ध, हरियाली फाँट र जीवनको सरल सौन्दर्य उत्तिकै जीवन्त छ । यद्यपि, यसको विशेषता र सुन्दरतालाई केवल शब्दमा बयान गर्न असम्भव छ । मैले फोटोग्राफीको यात्रा थाल्दा एउटा सपना थियो– कुनै दिन आफ्नै जन्मभूमिको हरेक कुनामा पुग्ने र ती गाउँ, फाँट, चौतारी, खोला–झरना तथा बादलबीच लुकेका सौन्दर्यहरूलाई क्यामेरामा कैद गर्ने । खुसीको कुरा, त्यो सपना अब बिस्तारै साकार हुँदैछ । पहाडमाथिबाट सूर्यको पहिलो किरण झर्दा रुम्जाटार उज्यालिन्छ । हरियाली टारहरूमा हावासँग खेल्ने धानका बालाहरूमा समृद्धिको सुगन्ध मिसिन्छ । बिहानको घाममा ती सुनौला बालाहरू टल्कँदा ओखलढुंगाको वास्तविक आत्मा झल्किन्छ । ख...
‘शिवांश’को ‘बैँस भुसुक्कै’ गीतमा नाचे तेज र विमला

‘शिवांश’को ‘बैँस भुसुक्कै’ गीतमा नाचे तेज र विमला

मनोरञ्जन, समाचार
हाशिवरात्रिको दिन पारेर फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘शिवांश’को पहिलो गीत ‘बैँस भुसुक्कै’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित यस गीतमा राजनराज सिवाकोटी र समीक्षा अधिकारीले स्वर दिएका छन् । राजनराज र सरोज रञ्जितकारको शब्द रचना रहेको गीतमा राजनराज स्वयंले संगीत भरेका छन् । भाग्य, मायामोह, आकर्षण जस्ता भावनात्मक पक्षहरू समेटिएको गीतमा प्रेमी-प्रेमिकाले एकअर्कालाई गरेको तारिफ सुन्न सकिन्छ । मौलिक शब्दको प्रयोगले गीतमा मिठास थपेको छ । विक्रम चौहानको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू तेज गरी, विमला लिम्बू र बारत लिम्बूले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको फिल्मको निर्देशन सन्तोष कुमार आत्रेयले गरेका हुन् । अञ्जान केसीको लगानी र कथा लेखन रहेको यस फिल्ममा तेज, विमला र बारतसहित प्रवीण खतिवडा, रुषा न्यौ...
५२ करोड लेनदेनकोझुटो आरोपमा दुर्गा प्रसाईंलाई कारबाही गर्न साइबर अपराधमा पत्राचार

५२ करोड लेनदेनकोझुटो आरोपमा दुर्गा प्रसाईंलाई कारबाही गर्न साइबर अपराधमा पत्राचार

टेक्नोलोजी, राजनीति, समाचार
निर्वाचन आयोगले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । आयोगका बारेमा मिथ्या तथा भ्रामक सूचना फैलाएको भन्दै आवश्यक कारबाहीका लागि आइतबार पत्र पठाइएको हो । शनिबार आयोजित एक पत्रकार सम्मेलनमा प्रसाईंले गगनकुमार थापा नेतृतको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता दिंदा ५२ करोड रुपैयाँको लेनदेन भएको दाबीसहितको अपुष्ट भिडिओ सार्वजनिक गरेका थिए । सोही भिडिओ र प्रसाईंको भनाइलाई आधार बनाएर विभिन्न सामाजिक सञ्जालका पेजले भ्रामक सामग्री पोस्ट गरेपछि आयोगले कानुनी कदम चालेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले संस्थाको गरिमामा आँच पुऱ्याउने गरी गलत सूचना प्रवाह गरिएकाले कारबाहीका लागि आग्रह गरिएको जानकारी दिए । “आयोगका विषयमा मिथ्या सूचना फैलाइएकाले हामीले साइबर ब्युरोलाई आवश्यक कारबाहीक...
नीलसागर सेवाश्रममा सुबिसुको निःशुल्क वाई-फाई

नीलसागर सेवाश्रममा सुबिसुको निःशुल्क वाई-फाई

टेक्नोलोजी, समाचार
इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत नीलसागर सेवाश्रममा निःशुल्क वाई-फाई जडान गरेको छ । नीलसागर सेवाश्रम एक वृद्धाश्रम तथा अनाथाश्रम हो । जहाँ हाल २५० भन्दा बढी वृद्ध बुबा-आमा तथा बालबालिकाहरूले आश्रय पाएका छन् । जसमा ८० भन्दा बढी बालबालिका र १५० भन्दा बढी वृद्ध-वृद्धा रहेका छन् । सुबिसुले प्रदान गरेको यो निःशुल्क वाई-फाई केवल इन्टरनेटको कनेक्सन मात्र नभई उनीहरूलाई समाज र संसारसँग जोड्ने एउटा महत्त्वपूर्ण माध्यम पनि भएको कम्पनीले जनाएको छ । "यसले सूचना, शिक्षा, मनोरञ्जन र आत्मीय सम्पर्कको अवसर प्रदान गर्दै उनीहरूको दैनिक जीवनलाई सहज बनाउने अपेक्षा गरिएको छ," कम्पनीले भनेको छ । सुबिसुले यसै वर्ष कम्पनीले बंशी राम जैसवाल अनाथ आश्रम, गरुडा तथा अमृता अनाथ आश्रम, कलैयामा राहत तथा आवश्यक सामग्री वितरण गरेको थियो । जसम...
एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश

एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश

Breaking News, खेलकुद, समाचार
अखिल नेपाल फुटबल संघ (एन्फा) को माघ २८ गते झापामा हुने तय भएको निर्वाचन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको एकल इजलासले निर्वाचनका सम्पूर्ण काम कारवाही अन्तिम टुङ्गो नलागुन्जेलसम्मको लागि यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘निवेदकहरुले अन्तरिम आदेशसमेत माग गरेको सम्बन्धमा हेर्दा, निज निवेदकहरु अखिल फुटवल संघको विधानबमोजिम २०७९ असार ६ गते  निर्वाचन सम्पन्न गरी निर्वाचित कार्य समितिको सदस्य रहेको देखिन्छ । उक्त निर्वाचित कार्य समितिको ४ वर्षको कार्यकाल बाँकी नै रहेको अवस्थामा विपक्षी एन्फा कार्य समितिको बैठकको मिति २०८२ पुस १६ गते निर्वाचन सम्बन्धी निर्णय एवं उक्त निर्वाचन गराउने सम्बन्धी सम्पूर्ण काम कारवाही प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागुन्जेलसम्मको लागि यथास्थितिमा राख्नु भनी व...
मिडल अर्डर चल्न नसक्दा हार व्यहोर्यौँ : कप्तान इन्दु

मिडल अर्डर चल्न नसक्दा हार व्यहोर्यौँ : कप्तान इन्दु

खेलकुद, समाचार
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आइसिसी महिला टी ट्वान्टी विश्वकप ग्लोवल छनोटमा थाइल्यान्डसँग मिडल अर्डरले चल्न नसक्दा हार व्यहोरेको बताएकी छिन्। ग्लोबल छनोटको पहिलो खेलमा थाइल्यान्डसँग आइतवार पराजित भएपछि कप्तान इन्दुले मिडल अर्डर चल्न नसक्दा ३०-४० रन कम भएको र हार व्यहोर्नुपरेको बताइन्। उनले ओपनिङमा बिन्दु रावल र सम्झना खड्काले राम्रो सुरुआत दिएको उल्लेख गरिन्। तर आफू, पूजा महतो र रुबिना क्षेत्रीले मिडल अर्डरमा राम्रो गर्न नसक्दा कम योगफलमा नै रोकिनु परेको उनको भनाइ छ। ओपनिङ साझेदारी राम्रो भएपछि पूजा र आफ्नो विकेट छिटै जाँदा समस्या भएको उल्लेख गरिन्। त्यसका कारण पनि ३०-४० रन कम भएको उनी बताउँछिन्। मिडल अर्डरले राम्रो गरेको भए १५० रनको योगफल पार हुने उनले उल्लेख गरिन्। आगामी खेलमा मिडल अर्डरले जिम्मेवार भएर खेल्नुपर्ने उनको भनाइ छ। कप्तान इन...
पदम तामाङ जसलाई अनमोल केसि र सौगत मल्लको फिल्मबाट अफर आउदा पनि काम गर्न पाएनन् :

पदम तामाङ जसलाई अनमोल केसि र सौगत मल्लको फिल्मबाट अफर आउदा पनि काम गर्न पाएनन् :

समाचार
सामाजि सञ्जालमा अभ्यस्त मानिसहरु मध्ये पदम तामाङलाई नचिन्ने सायद कमै होलान् । सिक्किम निवासी पदम तामाङ अभिनित 'गोबर गणेश' यतिबेला सिनेमा हलहरुमा प्रदर्शनरत छ । यस अघि 'होस्टेल ३' चलचित्रबाट नेपाली सिने बजारमा डेब्यु गरिसक्नु भएका पदमले सिक्किममा नै बनेको फिल्म 'लिपस्टिक गोलाइ' बाट पहिलो पटक सिनेमाको अनुभव बटुली सक्नु भएको थियो। 'होस्टल ३' भन्दा पहिला उहाँलाई अहिले उहाँ कै फिल्म 'गोबर गणेश'संग भिडिरहेको 'भाइरल गोर्खे'बाट अफर आएको रहेछ । तर त्यसको लागी उहाँलाई मानसिक रुपमा तयार हुन गाह्रो भएछ । उहाँ भन्नु हुन्छ : "मैले अभिनयको तालिम लिएको थिएँ । न त एकैचोटि सौगात मल्लजस्तो दिग्गज कलाकारसँग स्क्रिन सेयर गर्ने आँट थियो । उहाँसँग काम गर्ने इच्छा कसलाई हुँदैन होला । त्यो मेरो लागि ठूलो अवसर थियो । तर त्यसबेला आँट गर्न सकिनँ।" 'हौस्टेल ३' सुपरहिट भयो अब उहाँको दोस्रो फिल्म 'गोबर गणे...
Trisha suffer accidental in cross country skiing

Trisha suffer accidental in cross country skiing

खेलकुद, पर्यटन, समाचार
Shall their, them tree and creeping moveth Green. Yielding stars bearing lesser. Us likeness without they're they're greater. You said let saying. Moveth whose let in living. Have. Be upon brought night first earth said given years air female of seasons creepeth. Subdue subdue living. Fourth. Said you're seed hath light fish signs dry under behold the. Greater made second. Deep beast grass fly seed May earth fruitful evening called lesser. Under good said Seas form. Fruitful. Divide our his hath you'll void living be man appear. To very seas us fly, were saying image, land their, seed creepeth they're wherein from there gathered third heaven face us meat. Darkness fish replenish one. Fourth be so his whose under together kind had. Isn't so great can't shall saying Sixth in. Own the god you...