मनिषा कोइराला जस्तै देखिने नायिका उषा पौडैल ।
जनकपुरमा जन्मनु भएकी उषा पौडेल चलचित्र 'कर्म'बाट नेपाली सिने क्षेत्रमा डेब्यु गर्नु भएको थियो । त्यस लगातै उहाँ लक्ष्मीप्रसाद देवकोटाद्धारा लिखित कृतिमा रहेर निर्माण गरिएको चलचित्र मुनामदन देखिनु भएको थियो । जुन सन् १९९९ मा प्रदर्शन भएको थियो ।
उषा नेपालकी एक प्रसिद्ध अभिनेत्री हुन् । कर्म, मुना मदन, गोधुली, तिम्रो माया, प्यारी बहिनी, गङ्गा, जेठो कान्छो, राम लक्ष्मण, बाज, क्रोध, माया नगर, ज्वालामुखी लगायतका ४० भन्दा बढी नेपाली चलचित्रहरूमा उहाँले काम गरिसक्नु भएको छ ।
उहालेँ भारतिय टेलिभिजन कार्यक्रमहरू जस्तै : तुझ सङ प्रित लगै सज्ना, जय जय बजरङ्ग बली, अदालत, चिन्टु छिन्की र एक बढी सि लभ स्टोरीमा आफ्नो उपस्थिति जनाइसक्नु भएको छ ।
हाल उहाँ अमेरिका बस्दै आइरहनु भएको छ ।...








