Monday, October 19News That Matters

Featured

इलाम १ मा पहिलो पटक झलनाथ पछि हटे

इलाम १ मा पहिलो पटक झलनाथ पछि हटे

Featured, राजनीति, समाचार
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल उम्मेदवार छैनन् । नेकपा नेता खनाल यसपटक चुनावी प्रतिस्पर्धामा नहुँदा इलाम-१ मा पहिलोपटक उनीबेगरको प्रतिस्पर्धा हुँदैछ । २०४८ यता लगातार यो क्षेत्रमा चुनाव लड्दै आएका खनाल २०७९ को चुनावमा पराजित बनेका थिए ।
अभिनेत्री बिपना थापा पुन चलचित्र क्षेत्रमा सकृय ।

अभिनेत्री बिपना थापा पुन चलचित्र क्षेत्रमा सकृय ।

Featured, मनोरञ्जन
लामो समयको अन्तरल पछि कुनै समयकी चर्चित नायिका बिपना थापा पुन चलचित्र क्षेत्रमा सकृय हुनु भएको छ । चलचित्र 'आ बाट आमा'मा अभिनेत्री बिपना थापाले नायक पल शाहको आमाको रोलमा अभिनय गर्नु भएको छ । बुवाको भुमिकामा बलिउड अभिनेता प्रदिप राउत देखिनु भएको छ । चलचित्रमा सबैको अभिनय उत्कृस्ट छ । यो चलचित्रले सबैको आँखामा आँसु झारिदिन सक्छ । साइग्रेस र उषाको अभिनया हेर्दा उहाहरु नयाँ कलाकार हो जस्तो लाग्दैन । सिम्रन पन्तको यो दोश्रो फिल्म हो । उहाँको अभिनयमा पनि खोट लगाउने ठाउँ छैन।...
तामाङ समुदायले पाउनु भयो २०२६ को Miss Tamang

तामाङ समुदायले पाउनु भयो २०२६ को Miss Tamang

Featured, मनोरञ्जन, समाचार
१८औ संस्करणको मिस तामाङको ताज बौद्ध निवासी १८ बर्षीया साम्राज्ञी मोक्तानले जित्नु भएको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा भएको ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले ताज आफ्नो शिरमा पहिरीन सफल हुनुभएको थियो ।यस्तै नुवाकोटकी सुस्मा लामा स्याङतान फस्ट रनरअप, सृष्टि थिङ तामाङ सेकेण्ड रनरअप र ओसिन गोले तामाङ थर्ड रनरअप बन्न् भएको छ ।...
ओलीले भने– भदौ २३ गते मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन

ओलीले भने– भदौ २३ गते मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन

Breaking News, Featured, राजनीति, समाचार
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गएको भदौ २३ गते आफूले गोली चलाउने कुनै पनि आदेश नदिएको स्पष्ट पारेका छन् । बुधबार सामाजिक सञ्जालमा लेख्दै ओलीले आफू र नेकपा एमालेविरुद्ध फैलाइएको भ्रममा नपर्न आग्रह गरे । "केही दिनयता एउटा पक्षले भदौ २३ गतेको घटनाबारे गलत प्रचार फैलाइरहेको छस मानौं प्रधानमन्त्रीले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको हो भन्नेजस्तो । यो कुरा पूर्ण रूपमा निराधार छ । हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन, र त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन र आदेश  दिन सोच्न पनि सक्दिनँ," ओलीले लेखेका छन् ।  संसद् भवनअघि आगो लगाउने प्रयास र विष्फोटक वस्तु प्रयोग भएपछि स्थितिलाई कानुनले आन्दोलन नभई राज्यविरुद्धको हमला मान्ने ओलीले स्पष्ट पारेका छन् ।  "संसद् भवन...
पल र बेनिशा छुट्टा छुट्टै कथा लिएर एउटै मितीमा भिड्दै

पल र बेनिशा छुट्टा छुट्टै कथा लिएर एउटै मितीमा भिड्दै

Featured, मनोरञ्जन
यही बर्षको श्रावण अन्त्यतिर प्रदर्शन भएको सफल चलचित्र मोहरमा बेनिशा हमाल र पल शाह दुबैले संगै सहकार्य गर्नु भएको थियो । लगभग ५ महिना पश्चात उहाँहरु छुट्टा छुट्टै फिल्म लिएर एउटै मितिमा सिनेमा हलको पर्दामा उत्रने निश्चिल भएको छ । चन्द्र पन्तले निर्देशन गर्नु भएको पल शाह अभिनित चलचित्र 'आ बाट आमा' र बेनिशा हमालले अभिनय गर्नु भएको बलिराम चौहान निर्देशित चलचित्र 'द ब्लु लाइट' यहि माघ १६ गतेबाट सिनेमा घरमा लाग्दै छ । चलचित्र 'आ बाट आमा'मा विपना थापा, पल शाह, भारतीय अभिनेता प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपाली लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। चलचित्र ‘द ब्ल्यू लाइट’मा बेनिशा, अर्पण, आयुशमान, सृष्टिसँगै महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा हुनुहुन्छ । ‘द ब्ल्यू लाइट’मा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।...
निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

Featured, Uncategorized, लाइफ स्टाइल
सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निपाह सङक्रमण नेपालमा भित्रिन नदिन उच्च सतर्कता अपनाइएको जानकारी दिए । उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र भारतसँग सीमा जोडिएका नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिको परीक्षण सुरु गरेको बताए । प्रवक्ता बुढाथोकीले निपाह भाइरस सङ्क्रमण लागेका व्यक्तिलाई समयमा उपचार नगेको खण्डमा मृत्यु समेत हुन सक्ने बताए । उनका अनुसार निपाह भाइरस सङ्क्रमणको मृत्युदर ३० देखि ३३ प्रतिशत रहेको छ । निपाह भाइरस सङ्क्रमण सुँगुर, चमेरा र सङ्क्रमित मानिसबाट सर्ने गर्दछ ।...
आसन्न निर्वाचनमा एक थाेपा रगत बग्नु भएन : प्रधानमन्त्री

आसन्न निर्वाचनमा एक थाेपा रगत बग्नु भएन : प्रधानमन्त्री

Featured, राजनीति
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको बताएकी छन् । शुक्रवार सशस्त्र प्रहरी बलको २५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले सुरक्षा चुनौतिहरु समयानुसार परिवर्तन भइरहेको बताए । निर्वाचनका लागि सबै सुरक्षा अंग परिचालनको निर्णय पनि गरिसकेको बताइन् । निर्वाचनमा एक थोपा पनि रगत बग्नु नहुने र कोही पनि घाइते हुन नहुने भन्दै त्यसैअनुसार सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिइन् ।...
नायिका पूजा शर्माको आइटम डान्स

नायिका पूजा शर्माको आइटम डान्स

Featured, What's Hot, मनोरञ्जन
नायिका पूजा शर्माले २ दिन लगाएर एउटा आइटम डान्स सिध्याउनु भएको छ । चलचित्र 'कल्ली'मा समावेश 'क्या राम्री...' बोलको उक्त आइटम गीतको छायांकन चोभारमा रातको समयमा गरिएको थियो । उक्त गीतको छायांकन सकेसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्माता किरण नेपालीले जानकारी गराउनु भयो । करिअरमै पहिलो पटक आइटम डान्स गर्न पाउँदा खुशी लागेको पूजाले बताउनु भयो । यो गीतको भिडियोमा पूजाको साथमा नायक उत्तम प्रधान, किरण श्रेष्ठ र कलाकार सुलक्षण भारतीले नृत्य गर्नु भएको छ । लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको यो 'कल्ली'मा लक्ष्मण सुनारको कथा र निर्देशन, महेश दवाडीको लेखन रहेको छ । यो चलचित्रले फागुन १ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।...
सञ्चारमन्त्री जगदीश खरेलले  राजीनामा दिनु भयो

सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिनु भयो

Breaking News, Featured, Uncategorized, राजनीति
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा बुझाउनु भएको छ । बालुवाटार पुगेर उहाँले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र बुझाउनु भएको थियो । खरेल रास्वपाबाट ललितपुरको क्षेत्र नम्बर २ मा चुनाव लड्दै हुनुहदैछ ।
न्यु डायमण्ड च्याम्पियन

न्यु डायमण्ड च्याम्पियन

Featured, खेलकुद
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सम्पन्न फाइनल खेलमा पुलिस २५–२२, २५–१८, १५–२५ र २७–२५ ले पराजित भयो । गत पुस १८ गते सम्पन्न नवौं एनभिए च्याम्पियनसिपमा पनि पुलिसलाई हराउँदै न्यु डायमण्ड च्याम्पियन बनेको थियो । त्यतिबेला न्यु डायमण्डले ३–० को सोझो सेटको विजयी हासिल गरेको थियो । विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै न्यु डायमण्ड स्पोर्टस क्लबले शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सम्पन्न फाइनल खेलमा पुलिस २५–२२, २५–१८, १५–२५ र २७–२५ ले पराजित भयो । गत पुस १८ गते सम्पन्न नवौं एनभिए च्याम्पियनसिपमा पनि पुलिसलाई हराउँदै न्यु डायमण्ड च्याम्पियन बनेको थियो । त्यतिबेला न्यु डायमण्डले ३–० को सोझो सेटको विजयी हासिल गरे...